ताजा समाचार

सप्तरीको खडक नगरपालिकामा बोरामा बाँधी पोखरीमा फालिएको शव फेला

  • असोज १४, २०८०
  • ८५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असोज १४ । सप्तरी जिल्लाको खड्क नगरपालिकामा बोरा भित्र बाधेको अवस्थाको कुहिएको पुरुषको शव राखी पोखरीमा फालिएको अवस्थामा फेला परेको छ । सप्तरीको खडक नगरपालिका वडा न ११ बनाैलीमा हिजो बिहान करिब ८ बजेको समयमा शवको बारेमा स्थानियले ईलाका प्रहरी कार्यालय कल्याणपुर (सप्तरी) लाई खवर गरेपछि पोखरीमा बोराभित्र सडेगलेकाे अवस्थाको एक पुरुषको लास प्रहरीले फेला पारेको छ ।

स्थानीय राम प्रकाश यादवले माछा पालन गर्दै आएका पाेखरीमा अन्दाजी २२ वर्षिय युवकको लास बाेरामा रहेको अवस्थामा पोखरी भित्रवाट प्रहरीले बरामद गरेको हाे । पोखरीमा फेला परेको शव दुई टुक्रा गरी दुईवटा बोरामा छुटाछुटै स्थानमा पोखरी भित्र पानीमा गाडेर लासको माथिवाट केजुअल अर्थात् ट्रायक्टरकाे फलामले थिचेको अवस्थामा मानव कङ्काल सहित कुहिएको अवस्थाको शव बरामद गरिएको हो । बरामद मानव कङ्रकाललाई प्रहरीले मुचुलका उठाएर पाेस्टमाटमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । शव कसको हो भन्ने बारेमा पुष्टि हुन सकेको छैन र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤