प्रिन्सिपलले विद्यार्थी कुटे , बालक अस्पताल भर्ना

  • असोज १४, २०८०
  • ६६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स, असाेज १४ । सिरहाको मिर्चैयामा शुक्रबार एक बाेडिङ्ग स्कुलका प्रिन्सिपलले मरणासन्न हुने गरी विद्यार्थी पिटेपछि विद्यार्थी अस्पताल भर्ना गरिएको छ । अक्षर पाठशालाका प्रिन्सिपलले गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई मरणासन्न हुनेगरी गरे कुटपीट गरेका हुन । सिरहाको मिर्चैया नगरपालिका वडा नं ७ मा रहेको अक्षर पाठशालाका संस्थापक प्रिन्सिपल चन्द्रदिप महतोले कक्षा ६ मा अध्ययनरत मिर्चैया १० कञ्चनपुरका विशाल मण्डललाई पलास्टिकको पाइपले पिठ्यूँमा सुम्ला उठ्ने गरी पिटेपछि बालक विद्यार्थीहरुलाई अस्पताल भर्ना गरिएको थियो । शिक्षकको कुटाईबाट पीठियूँभरी निलडाम भएका मण्डलको मिर्चैयास्थित मंगलम हेल्थ केयर प्रा.लि.मा उपचार गरिएको छ । उनी उक्त बिद्यालयमा होस्टेलमा बस्दै आएको बताइएको छ, केही दिन अगाडि होस्टेलमा बस्न छोडेको झोकमा निलडाम हुने गरी पिटेको पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

औषधी ऐन २०३५ को दफा ...

लहान मंसिर १६ । औषधि क्षेत्रका सरोकारवालाहरूले औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ खारेज गर्नुपर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१