Siraha Times
ताजा समाचार

प्रिन्सिपलले विद्यार्थी कुटे , बालक अस्पताल भर्ना

  • असोज १४, २०८०
  • ७९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स, असाेज १४ । सिरहाको मिर्चैयामा शुक्रबार एक बाेडिङ्ग स्कुलका प्रिन्सिपलले मरणासन्न हुने गरी विद्यार्थी पिटेपछि विद्यार्थी अस्पताल भर्ना गरिएको छ । अक्षर पाठशालाका प्रिन्सिपलले गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई मरणासन्न हुनेगरी गरे कुटपीट गरेका हुन । सिरहाको मिर्चैया नगरपालिका वडा नं ७ मा रहेको अक्षर पाठशालाका संस्थापक प्रिन्सिपल चन्द्रदिप महतोले कक्षा ६ मा अध्ययनरत मिर्चैया १० कञ्चनपुरका विशाल मण्डललाई पलास्टिकको पाइपले पिठ्यूँमा सुम्ला उठ्ने गरी पिटेपछि बालक विद्यार्थीहरुलाई अस्पताल भर्ना गरिएको थियो । शिक्षकको कुटाईबाट पीठियूँभरी निलडाम भएका मण्डलको मिर्चैयास्थित मंगलम हेल्थ केयर प्रा.लि.मा उपचार गरिएको छ । उनी उक्त बिद्यालयमा होस्टेलमा बस्दै आएको बताइएको छ, केही दिन अगाडि होस्टेलमा बस्न छोडेको झोकमा निलडाम हुने गरी पिटेको पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१