रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

  • असोज १२, २०८०
  • ६०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी / असाेज १२ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ७ मा विद्युतको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रामग्राम ७ उजैनी निवासी जय प्रकाश यादवले बाटोमा रहेको पोलको बत्ती निभाउन जाँदा करेन्ट लागेर मृत्यु भएको हाे । स्थानियका अनुसार उक्त विद्युत खम्बामा स्मार्ट लिङ्क वाईफाईको तार हाई टेन्सनको तारमा टासिन गएर उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकाररी रेशम वाेहराले जानकारी दिनुभयाे ।

पोलमा लुत्रिएको अवस्थामा रहेकाे स्मार्ट लिङ्क वाईफाईकाे हई टेन्सन उक्त तारमा छाेईएकाले पाेलकाे बत्ती निभाउने क्रममा छुईन पुग्दा यादवको मृत्यु भएको प्रत्यक्ष दर्शीले जनाएका छन् । नगरभित्र यसरी लुट्रिएको अवस्थाका तारहरु धेरै रहेकोले सम्भाबित दुर्घटना प्रति सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ ।

विद्युत खम्बामा लुत्रीएको तारमा दोषी नेपाल बिधुत प्राधिकरण वा कस्को लापरबाहीले यसरी हुन गएको हो भन्ने बारे अनुसन्धान गरी तत्काल कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाउन स्थानियले माग समेत रहेका छन । मृत्यु भएका यादव सिदार्थ बैंक परासी शाखामा गार्डको काम गर्दै आएका थिए । घटना आज बिहान करिब ६ बजेर ३० मिनेटमा भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

कपिलवस्तु, माघ १७ । कपिलवस्तु मा २०५४ सालमा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा प्रशिक्षणरत पहि ...

सामाजिक उत्तरदायित्व ...

ओम प्रकाश यादव लहान, माघ १७ । सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. ३ मा अवस्थित नाइटिङ्गेल स्कुलका ...

सिराहा–१ को चुनावी म ...

लहान माघ १७ । आसन्न निर्वाचनलाई लक्षित गर्दै सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१