भाद्र २९ शुक्रबारका दिन 'निनिया रानी' सार्वजनिक भएको छ। 'निनिया रानी' गीत बेजोड युट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो। उक्त गीति भिडियोमा मैथिली, नेपाली र हिन्दी सङ्गीत जगतका ख्याति प्राप्त सङ्गीतकार एवं गायक प्रवेश मल्लिकको सङ्गीत, मैथिली भाषा–सङ्गीतका चर्चित गीतकार विद्यानन्द बेदर्दीको शब्द र मैथिली सङ्गीत क्षेत्रका प्रसिद्ध गायिका नेहा प्रियदर्शनीको स्वर रहेको छ। उक्त म्यूजिक भिडियोमा यूट्यबमा 'मिथिला-काकी' को रूपमा परिचित रहेकी कलाकार टेस्सा प्रियदर्शनी, बालकलाकारहरू आध्या सिंह र धैवत बैरोलियाको अभिनय रहेको छ।
यस भिडियोलाई राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित मैथिली र भोजपुरी भाषाका लोकप्रिय निर्देशक नितिन नीरा चन्द्रले निर्देशन, बलिउड अभिनेत्री नीतु चन्द्र, नितिन नीरा चन्द्र र शशांक गुप्ताले निर्माण गरेका छन्। यस्तै ईडिट, कलरिङ्ग र पोस्टर डिजाइन निर्देशक चन्द्र, डायरेक्सन ऑफ फोटोग्राफी कुन्दन आर्याले गरेका छन् भने म्यूजिक पार्टनरहरू 'म्यूजिक मैथिली' र 'प्रवेश मल्लिक प्रोडक्शन' रहेका छन्।
लोरी एउटा सुखदायक, सौम्य गीत हो जसले बच्चालाई निदाउँन मदत गर्छ। यहीँ उद्येश्यले निर्माण गरिएको यस गीतमा सन्तान प्रति आमाको प्रेम, आसा र चिन्तन बारे गहिरो ढङ्गले चित्रण गरिएको छ। 'निनिया रानी' कर्णप्रिय धुन, मनमोहक स्वर, आरामदायक शब्द र कल्पनाले भरिएको छ। सुन्ने बित्तिकै मनको वातावरण शान्त बनाउँछ। यस गीतमा आमाले सन्तानको शान्ति, सुरक्षा, सद्बुद्धि एवं प्रगतिको लागि प्रेम गीत गाएकी छिन्। बच्चा ठूलो भएपछि जीवनमा सम्पूर्ण यश प्राप्ति भए ता पनि आमाले आजीवन रूपमा बच्चाको ओठबाट 'मातृभाषा मैथिली' चन्दन झैँ मगमगाएको हेर्न चाहन्छिन्।
प्रतिक्रिया दिनुहोस
सिरहाको गोलबजार ८ मा मस्जिद, मदरसा र घरमा आगजनी तथा तोडफोड भएको पीडितको दाबी, निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic