ताजा समाचार

सिरहामा पत्रकार माथि हमला , पत्रकारको कन्चटमा चोट

  • भदौ २८, २०८०
  • ७६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ २८ ।सिरहाको औरही गाँउपालिका वडा-५ औरहीमा टुडेखोज मिडिया प्रालिका अध्यक्ष तथा टुुडेखोज राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक/सम्पादक सन्तोष यादवमाथि खुडा प्रहार भएको छ । स्थानिय युवाहरूले सामाजिक संजालमा गरेको पोस्टको विषयलाई लिएर बहस गरेको र सोही समूहमा रहेका केही युवाहरूले उनी माथि खुडा प्रहार गरेको थियो । खुडा प्रहारबाट उनलाई सामान्य चोट लागेको बुझिएको छ । यता औरही चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक धर्मेन्द्र चौधरीले तीन जना युवाहरूलाई छलफलका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाईएको बताउनु भएको छ ।

पछिल्लो समय समाचारका विषयलाई लिएर देशका विभिन्न भागहरुमा पत्रकारहरु माथि सांघातिक हमला हुँदै आएको अवस्था रहेको छ । सिरहाको नवराजपुर गाउँपालिकामा पोखरी विवादको तस्बिर खिच्दै गरेको अवस्थामा केही दिन अगाडि पत्रकारहरु माथि भएको सांघातिक हमला सेलाउन नपाउँदै हुलाकी राजमार्ग अन्तर्गत रहेका औरही गाँउपालिका वडा नम्बर ५ औरही बजारमा टुडेखोज अनलाईन तथा टुुडेखोज पत्रिकाका सम्पादक सन्तोस यादवमाथि प्रहार हुनु दुखद घटना भएको मान्न सकिन्छ । प्रहारबाट पत्रकार यादवको कन्चटमा चोट लागेको अवस्था रहेको छ ।

स्थानिय विकास निर्माणलाई केन्द्रित गर्दै पत्रकार यादवले आफ्ना फेसबुक पेजमा स्टाटस लेखेर अपलोड गरेर राखेपछि उक्त विषयलाई लिएर उनी माथि हिजोदेखि विवाद चर्कदै गएर प्रहार गरिएको थियो । घटना स्थलमा इन्सपेक्टर सहितको टोली पुगेर घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤