Siraha Times
ताजा समाचार

उदयपुरको बेलसोतमा युवतीको रहस्यमय मृत्यु

  • भदौ २७, २०८०
  • १०६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ २७ । उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं १ बेलसोतमा पवित्रा खत्रीको संखास्पद हत्या गरी झुन्ड्याएको हुनसक्ने परिवारजनले आसंखा व्यक्त गर्दै दोषीलाई अनुसन्धान मार्फत यथासक्य कानुनी दायरामा ल्याउन माग गरेका छन् । खाउला लाउला उमेरमा मृत्यु भएपछि खत्री परिवार यतिबेला शोकमा डुबेको छ । सिरहाको धनगढीमाई १४ अमिल्टार माइती भएकी उनी फेरि फर्किएनन् । प्रहरीबाट परिवारजनले घटना थाहा पाउनेबित्तिकै आफन्त घटना स्थल पुगेको थियो । उनी झुण्डिएको घरमा पुगेर हेर्दा परिवारजनले हत्या गरेर झुन्ड्याएको हुनसक्ने बताए ।

पोस्टमार्डम स्थलमा माइतीको सहमति बेगर लास बुझेका खड्का परिवारले माइतीको अनुपस्थितिमा उनको अन्तिम दाह संस्कार गरेका थिए । स्थानिय कमला घाटमा माइती पक्ष पुग्दा नामनिशान मेटिने गरी पवित्राको अन्तिम संस्कार गरिएको थियो । भावुक हुँदै ईलाका प्रहरी कार्यालय कटारी पुगेका माइती पक्षले तत्काल कानुनी कारवाहीको माग प्रहरीसँग राखेपछि प्रहरीले मृतकका श्रीमान् र उनका दाजुलाई नियन्त्रणमा लिएका थिए । घटनाको शुक्षम अनुसन्धानको माग गर्दै आएका महिलाको रहस्यमय मृत्यु भएको छ ।

उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं १ बेलसोत घर भएकी २३ वर्षीया पवित्रा खत्री (खड्का)को घरभित्र झुण्डिएर रहस्यमय मृत्यु भएपछि माइती पक्षले घटनाको छानबिन गरी दोषीलाई कानुनी कारवाहीको माग गरेका छन । सिरहाको धनगढीमाई १४ अमिलटार माइती भएकी खत्रीले कटारी नगरपालिका वडा नं १ बेलसोतका विष्णु बहादुर खड्काको छोरा वर्ष २१ को टंक बहादुर खड्कासंग प्रेम सम्बन्ध भई २०७९ चैत्रमा प्रेम विवाह गरी सँगै बस्दै आएका थिए ।

उनीहरुले मिति २०८० / ५/२१ गते जनकपुरमा गई परम्परा अनुसार सिन्दुर पोते समेत गरेका थिए । मिति २०८० /५/२२ गते अन्दाजी दिँउसो १५ बजेको समयमा पवित्रा आफ्ना घरमा झुण्डिएर मृत्यु भएको खवर प्रहरीबाट माइती पक्षले थाहा पाएपछि घटना स्थलमा माइती पक्ष पुगेको मृतक खत्रीका बुबा रुद्र बहादुर खत्रीले बताए ।

माइती पक्षले उदयपुरको कटारीमा रहेको ईलाका प्रहरी कार्यालयमा पुगेर उजुरीको लागि निवेदन बुझाए पनि दर्ता नगरी प्रहरीले उजुरी निवेदन राखेका थिए । पोस्ट मार्डम रिपोर्ट पछि आवस्यक कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाउने कटारी प्रहरीले पटक पटक बताउँदै आएका छन् ।

पवित्राको हत्या भएको भन्दै माइती पक्षले ईलाका प्रहरी कार्यालय कटारी पुगेर अडान लिएपछि प्रहरीले अनुसन्धानका लागि भन्दै श्रीमान् टंक बहादुर खड्कालाई पक्राउ गरेको थियो । कटारी प्रहरीले अनुसन्धानपछि मात्रै घटनाको वास्तविक विवरण पत्ता लाग्ने बताएका छन । पोस्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै हत्याबाट मृत्यु भएको हो वा के भएको हो भन्नेबारेमा थाहा हुने प्रहरीको भनाई रहेको छ ।

घरपरिवारले योजना बनाएर हत्या गरेको पवित्राका माइती पक्षलेले आरोप लगाएका छन् बुबा रुद्र खत्रीका अनुसार अनुसार पहिलादेखि नै घरायसी कामको विषयलाई लिएर घर पक्षले पवित्रालाई धम्की दिने, झगडा गर्ने र हातपात गर्ने गरेका थिए । घर भित्र सलको पासोमा झुण्डिएकी पवित्रा झुण्डिएको ठाउँमा माला र चुरा फुटेको अवस्थामा देखिएको माइतीले बताए ।

प्रहरीले पवित्रा झुण्डिएको देखिए पनि पोस्टमार्टमको रिपोर्ट नआएसम्म आत्महत्या हो वा अरुले नै झुण्ड्याएको हो भन्न नसकिने जानकारी दिए । पवित्रा झुण्डिएको घरको वास्तविक अवस्था हेर्दा घटना सुनियोजित र रहस्यमय भएको माइती पक्षको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

“अब सेवा प्रवाह अझ प ...

रहमुल, लहान, ३१ वैशाख । सिरहाको लहान नगरपालिका–९ मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन सम्पन ...

अर्नमा गाउँपालिकामा ...

ओम प्रकाश यादव लहान वैशाख ३१। सिरहाको अर्नमा गाउँपालिका ले ग्रामीण सडक पूर्वाधार सुदृढीकरण अन्तर्गत ...

सीमावर्ती गाउँको विद ...

ओम प्रकाश यादव लहान, वैशाख ३०। सप्तरी जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र तथा नेपाल–भारत दसगज्ज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१