उदयपुरको बेलसोतमा युवतीको रहस्यमय मृत्यु

  • भदौ २७, २०८०
  • ७६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ २७ । उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं १ बेलसोतमा पवित्रा खत्रीको संखास्पद हत्या गरी झुन्ड्याएको हुनसक्ने परिवारजनले आसंखा व्यक्त गर्दै दोषीलाई अनुसन्धान मार्फत यथासक्य कानुनी दायरामा ल्याउन माग गरेका छन् । खाउला लाउला उमेरमा मृत्यु भएपछि खत्री परिवार यतिबेला शोकमा डुबेको छ । सिरहाको धनगढीमाई १४ अमिल्टार माइती भएकी उनी फेरि फर्किएनन् । प्रहरीबाट परिवारजनले घटना थाहा पाउनेबित्तिकै आफन्त घटना स्थल पुगेको थियो । उनी झुण्डिएको घरमा पुगेर हेर्दा परिवारजनले हत्या गरेर झुन्ड्याएको हुनसक्ने बताए ।

पोस्टमार्डम स्थलमा माइतीको सहमति बेगर लास बुझेका खड्का परिवारले माइतीको अनुपस्थितिमा उनको अन्तिम दाह संस्कार गरेका थिए । स्थानिय कमला घाटमा माइती पक्ष पुग्दा नामनिशान मेटिने गरी पवित्राको अन्तिम संस्कार गरिएको थियो । भावुक हुँदै ईलाका प्रहरी कार्यालय कटारी पुगेका माइती पक्षले तत्काल कानुनी कारवाहीको माग प्रहरीसँग राखेपछि प्रहरीले मृतकका श्रीमान् र उनका दाजुलाई नियन्त्रणमा लिएका थिए । घटनाको शुक्षम अनुसन्धानको माग गर्दै आएका महिलाको रहस्यमय मृत्यु भएको छ ।

उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं १ बेलसोत घर भएकी २३ वर्षीया पवित्रा खत्री (खड्का)को घरभित्र झुण्डिएर रहस्यमय मृत्यु भएपछि माइती पक्षले घटनाको छानबिन गरी दोषीलाई कानुनी कारवाहीको माग गरेका छन । सिरहाको धनगढीमाई १४ अमिलटार माइती भएकी खत्रीले कटारी नगरपालिका वडा नं १ बेलसोतका विष्णु बहादुर खड्काको छोरा वर्ष २१ को टंक बहादुर खड्कासंग प्रेम सम्बन्ध भई २०७९ चैत्रमा प्रेम विवाह गरी सँगै बस्दै आएका थिए ।

उनीहरुले मिति २०८० / ५/२१ गते जनकपुरमा गई परम्परा अनुसार सिन्दुर पोते समेत गरेका थिए । मिति २०८० /५/२२ गते अन्दाजी दिँउसो १५ बजेको समयमा पवित्रा आफ्ना घरमा झुण्डिएर मृत्यु भएको खवर प्रहरीबाट माइती पक्षले थाहा पाएपछि घटना स्थलमा माइती पक्ष पुगेको मृतक खत्रीका बुबा रुद्र बहादुर खत्रीले बताए ।

माइती पक्षले उदयपुरको कटारीमा रहेको ईलाका प्रहरी कार्यालयमा पुगेर उजुरीको लागि निवेदन बुझाए पनि दर्ता नगरी प्रहरीले उजुरी निवेदन राखेका थिए । पोस्ट मार्डम रिपोर्ट पछि आवस्यक कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाउने कटारी प्रहरीले पटक पटक बताउँदै आएका छन् ।

पवित्राको हत्या भएको भन्दै माइती पक्षले ईलाका प्रहरी कार्यालय कटारी पुगेर अडान लिएपछि प्रहरीले अनुसन्धानका लागि भन्दै श्रीमान् टंक बहादुर खड्कालाई पक्राउ गरेको थियो । कटारी प्रहरीले अनुसन्धानपछि मात्रै घटनाको वास्तविक विवरण पत्ता लाग्ने बताएका छन । पोस्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै हत्याबाट मृत्यु भएको हो वा के भएको हो भन्नेबारेमा थाहा हुने प्रहरीको भनाई रहेको छ ।

घरपरिवारले योजना बनाएर हत्या गरेको पवित्राका माइती पक्षलेले आरोप लगाएका छन् बुबा रुद्र खत्रीका अनुसार अनुसार पहिलादेखि नै घरायसी कामको विषयलाई लिएर घर पक्षले पवित्रालाई धम्की दिने, झगडा गर्ने र हातपात गर्ने गरेका थिए । घर भित्र सलको पासोमा झुण्डिएकी पवित्रा झुण्डिएको ठाउँमा माला र चुरा फुटेको अवस्थामा देखिएको माइतीले बताए ।

प्रहरीले पवित्रा झुण्डिएको देखिए पनि पोस्टमार्टमको रिपोर्ट नआएसम्म आत्महत्या हो वा अरुले नै झुण्ड्याएको हो भन्न नसकिने जानकारी दिए । पवित्रा झुण्डिएको घरको वास्तविक अवस्था हेर्दा घटना सुनियोजित र रहस्यमय भएको माइती पक्षको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

गा.पा. अध्यक्ष यादवक ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा सुरक्षा प् ...

बलान बिहुलमा अपराध न ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको सभाहलमा १३ बैशाख स्थानीय तहमा अपराध न्यूनीकरण ...

मधेश प्रदेशका अर्थमन ...

दुर्गानन्द पासवान दोहा २८ अप्रील । मधेश प्रदेशका अर्थमन्त्री संजय यादवलाई कतारमा सम्मान गरेका छन।मधे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१