मिथिला रत्न,सिरहा । नवीकरण र नयाँ सदस्यता सिफारिसलाई बेवास्ता गरिए नेपाल पत्रकार महासंघको केन्द्र विरूद्व चरणबद्ध आन्दोलन गर्ने नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्षहरूले चेतावनी दिएका छन् । पत्रकार महासँघ , मधेश प्रदेशका आठै जिल्लाका अध्यक्षहरूले आन्दोलनको चेतावनि दिएका हुन् । मधेश प्रदेशको राजधानी जनकपुरमा आज बसेको अध्यक्षहरूको सामूहिक बैठकपछि विज्ञप्ति जारी गर्दै विधानतः जिल्ला शाखामा रहेको अधिकारलाई टेकेर शाखाले गरेको सदस्यहरूको नवीकरण तथा नयाँ नयाँ सदस्यता सिफारिसलाई बेवास्ता गर्दै जिल्ला शाखालाई कमजोर पार्ने नियतले कहीँकतैबाट कुनै निर्णय भएको खण्डमा मधेश प्रदेशका आठओटै जिल्ला शाखाहरू सशक्त आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने बैठकले निर्णय गरेको जानकारी दिइएको छ ।
विज्ञप्तिमा नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज वनैता, सप्तरी शाखाका श्रवण देव, महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष हेमकुमारी बराल (सुनिता), पर्सा शाखाका अध्यक्ष अनुप तिवारी, रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा, धनुषा शाखा अध्यक्ष मनिका झा, बारा शाखाका अध्यक्ष रेशम तिवारी र सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved