रामएकवाल राम लहान - सप्तरीको सुरुङ्गा नगरपालिका -६ कडरबोना चमारटोलमा शनिबार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उर्तिण गरेका १० जना विद्यार्थीहरुलाई एक कार्यक्रम बिच सम्मान गरिएको छ। चमार कल्याण समाज नेपालले एक कार्यक्रम बिच एसईई परिक्षामा उर्तिण भएका विद्यार्थीहरुलाई बधाई एव सम्मान गरेको छ। सुरुङ्गा नगरपालिका -६ का वडा अध्यक्ष दिनेश कुमार रामको प्रमुख आतिथ्य,युगेश्वर रामको विषिष्ट आतिथ्य, सुरुङ्गा -६ का पुर्व वडा सदस्य विन्धी रामको सभाध्यक्ष, समाजाका भद्र भलादमीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथी रामले सम्मानीत विद्यार्थीहरुलाई अगामी भविष्यको शुभकामना दिदै अल्बर्ट आइंस्टाईन जस्तै सफल ब्यक्तित्व बन्न शुभकामना दिए । उनले शिक्षाका साथै समाजमा पनि सेवा गर्न विद्यार्थीहरुलाई आग्रह गरे । सम्मान कार्यक्रममा सुरुङ्गा -६ का पुर्व वडा सदस्य तथा कार्यक्रमका सभाध्यक्ष रामले पास भएका विद्यार्थीहरुलाई बधाई दिदै भविश्यमा अझ कडा मिहिनेत गरेर ठूलो व्यक्ति बन्न आशीर्वाद दिए । चमार कल्याण समाज नेपालको केन्द्रीय सदस्य जग जिवन राम (जीवन कुमार)ले कार्यक्रम संचालन गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved