ताजा समाचार

संरक्षणको अभावमा पोखरी लोप हुँदै

  • भदौ २०, २०८०
  • ८०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ २० ।मधेस प्रदेशको राजधानी शहर जनकपुरमा रहेको पोखरीहरू संरक्षणको अभावमा लोप हुँदै आएको अवस्था रहेको देखिन्छ । पोखरीहरूको सहर भनेर चिनिदै आएको जनकपुरमा रहेको पोखरीहरूको अवस्था चिन्ता जनक रहेको छ । करिब सय जलाशयहरु रहेको जनकपुरको पोखरीहरू लोप भए भने एतिहासिक तथा धार्मिक सांस्कृतिक पहिचानमा धक्का लाग्ने सम्भावना रहेको देखिन्छ ।

धार्मिक हिसावले ऋषि विश्वामित्रले राम र लक्ष्मणलाई आफ्ना साथमा लिएर जनकपुरको धनुष यज्ञमा आएका बेला राममन्दिरमा बसेर यहाँका पोखरीमा स्नान गरेर पूजापाठ गरेको धार्मिक मान्यता रहिआएको छ । अहिले पनि जनकपुरमा सयभन्दा बढी कुटीहरू, पचासभन्दा बढी मंदिरहरू तथा १०० जति जलाशयहरू रहेका छन् । जनकपुर स्थित रहेको धार्मिक महत्वका कतिपय पोखरीहरु व्यक्तिको नाममा दर्ता भएका छन् भने जनकपुरको रामसागर, गोरधोइ, पुरन्दर सर, लक्की, देवान पोखरी, गंगासागर, मध्यसागर, रत्नसागर, अरगजा, दशरथ तलाउ, तेलहा मरहा लगाएत दर्जनभन्दा बढी ठूला पोखरीहरु छन् ।

पछिल्लो समयमा आएर पोखरीहरु अतिक्रमणका कारण जनक सरोवर, अमृतकुण्ड, गोपाल सर, पयास्विनी सर, बलदेव सर लगाएतका पोखरीहरू लोप समेत भइसकेका छन् । जनकपुरमा अवस्थित विहारकुण्ड, अग्निकुण्ड, रत्नसागर, सूर्यकुण्ड, पापमोचनी सर, परशुरामकुण्ड, रूक्मिनीसर, मुरलीसर, रामसर, तेलहा–मरहा, दशरथ तलाउ, अरगज्जा पोखरी, गंगासागर, धनुष सागर लगाएतका यहाँका महत्वपूर्ण पोखरीहरू अझै अस्तित्वमा छन् । धार्मिक तथा पर्यटकीय महत्वको रुपमा रहेको पोखरीहरुको संरक्षण आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤