बाइबलको पाठ सिकाउँदै हिँडेका दुई क्रिस्टियनलाई जनकपुरमा कालोमोसो

  • भदौ १९, २०८०
  • ७६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ १९ । मधेश प्रदेशको राजधानी शहर जनकपुरमा हिन्दु धर्मलाई प्रभावित पार्नेगरी बाइबल बोकेर क्रिस्टियन बनाउन हिँडेका दुई जनालाई प्रचारप्रसार स्थलमा कालो मोसो दलेर प्रहरीमा बुझाईएको छ । जनकपुरस्थित हिन्दु सम्राट सेना नेपालद्वारा बाइबल पाठ सिकाउँदै हिडेका सुनसरी जिल्लाको धरान उप महानगरपालिका वडा नं ८ घर भई हाल जनकपुर उपमहानगरपालिका वडा नं ७ मा डेरा गरी बस्दै आएका ३२ वर्षीय दीपेन्द्र घिमिरे र ३२ वर्षीया धनसरी घिमिरेलाई बाइबल बोकेर प्रचार प्रसार गर्दै आएको बखत स्थानियले नियन्त्रणमा लिएर कालो मोसो दलेर प्रहरीमा बुझाएको हो ।

घर घरमा पुगेर बाइबल बोकेर क्रिस्टियन धर्मको प्रचार गर्दै गरेको बखत आज बिहान करिब ८ बजे जनकपुरको परिक्रमा रोड बल्वाटोल स्थित जनकपुर ट्रमा सेन्टर एरियाबाट अमित राउतको नेतृत्वको हिन्दु सम्राट् सेना नेपाल र स्थानिय हिन्दुवादी संघ संस्था सम्बद्ध युवाहरुले उनीहरुलाई नियन्त्रणमा लिएर कालो मोसो दली प्रशासनलाई बुझाएको थियो । सनातनी हिन्दू धर्मको गलत व्याख्या र विश्लेषण गर्दै बाइबलका पाठहरु पढेर सुनाउँदै गरेको बखत उनीहरुलाई नियन्त्रणमा लिएको स्थानिय मञ्जु मण्डलले बताइन । नियन्त्रणमा लिएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखी थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

आफ्नै शरीर र प्रजनन् ...

संजु कुमारी दास, लाहान, असार ३।  गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ ...

७ दिने नाटक तालिम “अ ...

संजू कुमारी दास, लाहान असार ३, । गोलबजार नरपालिकाको विभिन्न वडाका किशोरी समुह, बालक्लबका १६ जना ...

समाजसेवामा समर्पित इ ...

लहान असार ३ । जीवनदान दिने सच्चा नायक मधेशको माटोमा जन्मिएर समाज र जनताको पीडा आफूमाथि बोकेर निःस्वा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१