Siraha Times
ताजा समाचार

पत्रकारिता जगतका मधेशबाट उदाएका एक महान यात्री

  • भदौ १८, २०८०
  • ६४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १८ भदौ समाजका विकृति र विसंगतिलाई खुलेर बिरोध गर्दै बोल्ने र लेख्ने आँट अनि हिम्मत भएका पत्रकारिता जगतका एक नक्षत्र हुन दिनेश्वर प्रसाद गुप्ता । नेपाल पत्रकार महासंघ सिराहा शाखाका पूर्व अध्यक्ष समेत रहेका गुप्ता पत्रकारहरुको अग्रज पनि मानिन्छन । समाजका सबै वर्ग, क्षेत्रको भलो चाहने गुप्ताले समाजका नकारात्मक पक्षमा आफ्ना कलम रूपी आवाज खरो ढंगले उठाउँदा अराजक तत्वहरूको ठेगान लागेको विगतका घटनाहरूबाट प्रष्टिन्छ । मधेशमा भएको परिवर्तनका लागि उनले खेलेको भूमिकालाई नकार्न सकिंदैन ।पत्रकारिता जगतलाई करिब दुई दशकदेखि हाक्दै गर्दा उनको योगदानको चर्चा सिरहामा व्यापक रहेको पाइन्छ ।

सिरहाको पत्रकारिता जगतमा आउने कठिन परिस्थितिमा लड्नका लागि हरदम तयार रहने गुप्ता आम समाजको भलो चिताउने दूरदर्शी र आँटिला पत्रकार हुन । सिरहाको नवराजपुर गाउँपालिकामा भएको पोखरी विवादमा उनी माथि गरिएको ब्यबहारले सामाजिक मर्यादालाई धक्का दिएको अवस्था रहेको छ । नवराजपुरको फुलवरिया समाजबाट उनलाई पत्रकारिताको भूमिका निर्वाह गर्दै गर्दाको अवस्थामा ठुलो चोट पुग्नु दु:खद कुरो हो । दयाका खानी अनि प्रखर बक्ता गुप्तामाथि मोबाइल खोस्दै गरिएको सुनियोजित हमला सामाजिक अपराध पक्कै पनि हो , कानुनी राज्यमा कानुनी मार्ग हुँदाहुँदै पनि उनीमाथी गरिएको ब्यबहारप्रति जबाफदेही बोक्नु सामाजिक दायित्व भएकोले कानूनी उपचार दिलाउनु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिका वडा नं ...

ओम प्रकाश यादव लहान, जेठ १४ । खडक नगरपालिका वडा नं. ११ लाई औपचारिक रूपमा “बाल श्रम मुक्त वडा&r ...

लहानका मेयर महेश चौध ...

विनोद अविरल, जेठ १३ ​लहान, जेठ । नेपाल सरकारले सिरहाको लहान नगरपालिकाका प्रमुख (मेयर) महेश चौधरीलाई ...

सशस्त्र प्रहरी बलको ...

रहमुल सिरहा, १३ जेठ । सशस्त्र प्रहरी बल नेपालको १९ औँ स्थापना दिवस सिरहामा भव्य तथा उल्लासपूर्ण वाता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१