पत्रकारिता जगतका मधेशबाट उदाएका एक महान यात्री

  • भदौ १८, २०८०
  • ५७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १८ भदौ समाजका विकृति र विसंगतिलाई खुलेर बिरोध गर्दै बोल्ने र लेख्ने आँट अनि हिम्मत भएका पत्रकारिता जगतका एक नक्षत्र हुन दिनेश्वर प्रसाद गुप्ता । नेपाल पत्रकार महासंघ सिराहा शाखाका पूर्व अध्यक्ष समेत रहेका गुप्ता पत्रकारहरुको अग्रज पनि मानिन्छन । समाजका सबै वर्ग, क्षेत्रको भलो चाहने गुप्ताले समाजका नकारात्मक पक्षमा आफ्ना कलम रूपी आवाज खरो ढंगले उठाउँदा अराजक तत्वहरूको ठेगान लागेको विगतका घटनाहरूबाट प्रष्टिन्छ । मधेशमा भएको परिवर्तनका लागि उनले खेलेको भूमिकालाई नकार्न सकिंदैन ।पत्रकारिता जगतलाई करिब दुई दशकदेखि हाक्दै गर्दा उनको योगदानको चर्चा सिरहामा व्यापक रहेको पाइन्छ ।

सिरहाको पत्रकारिता जगतमा आउने कठिन परिस्थितिमा लड्नका लागि हरदम तयार रहने गुप्ता आम समाजको भलो चिताउने दूरदर्शी र आँटिला पत्रकार हुन । सिरहाको नवराजपुर गाउँपालिकामा भएको पोखरी विवादमा उनी माथि गरिएको ब्यबहारले सामाजिक मर्यादालाई धक्का दिएको अवस्था रहेको छ । नवराजपुरको फुलवरिया समाजबाट उनलाई पत्रकारिताको भूमिका निर्वाह गर्दै गर्दाको अवस्थामा ठुलो चोट पुग्नु दु:खद कुरो हो । दयाका खानी अनि प्रखर बक्ता गुप्तामाथि मोबाइल खोस्दै गरिएको सुनियोजित हमला सामाजिक अपराध पक्कै पनि हो , कानुनी राज्यमा कानुनी मार्ग हुँदाहुँदै पनि उनीमाथी गरिएको ब्यबहारप्रति जबाफदेही बोक्नु सामाजिक दायित्व भएकोले कानूनी उपचार दिलाउनु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१