सिरहामा उत्तरी भेगका भौतिक संरचना डुवानमा

  • भदौ १५, २०८०
  • ६६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ १५ । सिरहाको धनगढीमाई १२ को गड्में बजारस्थित रहेको भौतिक संरचनाहरु अविरल वर्षाको कारण डुवानमा परेको छ । उक्त ठाउँमा रहेको खानेपानी सामुदायिक भवन र मंच डुवानमा परेको हो । अविरल वर्षाको कारण रोहित परियारको घरमा क्षति पुगाउने हिसाबले जग्गा कटान भएको छ भने उक्त ठाउँमा रहेको खुट्टी खोलाको नहर पनि अव्यबस्थित भएको छ । खोलामा नेपाल विद्युत प्राधिकरणको बिजुलीको तार पनि लुरकिएको अवस्थामा रहेको देखिन्छ । प्राकृतिक सौन्दर्यका धनी गड्में पुग्नका लागि पुलको अभाव रहेको उक्त ठाउँको हेलीपेड़ डाँडामा हालसम्म जनप्रतिनिधिको ध्यान केन्द्रित नहुनु चिन्ताको विषय हो । प्राकृतिक सौन्दर्यका धनी गड्मेंको समग्र विकास आजको आवश्यकता हो,त्यसैले सम्बन्धित निकायको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस

लहान १७ सचिव विहिन ...

ओम प्रकाश यादव लहान, भदौ ११ । सिरहा जिल्लाको लहान नगरपालिका–१७ को वडा कार्यालय पछिल्ला दिनहरूम ...

सुख्खा र पशुमहामारीक ...

रहमुल लहान ११ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा रासायनिक मल वितरणमा एक द्वार प्रणाली ...

जसपा नेता डा. सुरेन् ...

राजेश सिंह महोत्तरी, भदौ ११ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा पू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१