शक्ति महिला सामुदायिक संस्थाको रक्तदान कार्यक्रम सम्पन्न

  • भदौ ९, २०८०
  • ८२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ ९ । सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं १० मा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्थानिय धनगढी बजार स्थित दुर्गा मन्दिर परिसरमा आयोजित रक्तदान कार्यक्रममा नगर उपप्रमुख संगिता चौधरी , वाडा अध्यक्ष सरोज महतो लगाएको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । Helping Heart Nepal को विशेष सहयोग तथा शक्ति महिला सामुदायिक संस्थाको आयोजनामा आयोजित रक्तदान कार्यक्रममा करिब दुई दर्जन बढीले रक्तदान गरेका थिए । शक्ति महिला समुदायिक संस्थाको अगुवाईमा "Blood For Nepal " भन्ने मूल नाराका साथ एक दिने Blood Donation कार्यक्रम सफतापूर्वक संपन्न भएको हो । कार्यक्रममा रक्तदान गर्ने मानुभावहरुलाई प्रसंशा स्वरुप प्रसंशा पत्र प्रदान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१