भदौ ९ । मनसुनको प्रभाव र वायुमण्डलीय चापको असरले लागातार अविरल वर्षाका कारण मधेशका जिल्लाहरुमा जलमग्न भएको अवस्था रहेको छ । मधेशका कतिपय जिल्लाहरूका ग्रामीण सडकमा पानी बगिरहेको अवस्था समेत रहेका कारण स्थानीयलाई आवत जावतमा कठिनाई उत्पन्न भएको अवस्थाको सिर्जना भएपछि आम जनजीवन कष्टकर भइरहेको छ । सिरहाको लहान नगरपालिकाको वाडा नंबर १ स्थित रहेकाे नयाँ वस्ती जलमग्न भएकाे खबर स्थानिय मार्फत प्राप्त भए लगतै नगर प्रमुख महेश प्रसाद चाैधरी स्थलगत रुपमा उक्त ठाँउमा पुगेर बिहानदेखि जलमग्न भएको बस्तीबाट jcb को सहायताले पानीको निकास आफू उपस्थित भएर गराउनु भएको छ ।
जेसिवी सहित तत्काल नयाँ वस्तीमा पुगेका चालकले करिब आधा घण्टाको प्रयास पछि पानीको निकास खाेलेपछि जलमग्न नयाँ वस्तीमा जनजीवन सामान्य बनेको थियो । स्थानिय सरकारको पहिलाे पल्ट अनुभुती लिएका लहान नगरपालिका वडा नम्बर १ स्थित रहेकाे नयाँ वस्ती सधै विकासबाट अपहेलित वस्तीको रूपमा हेरिदै आएको अवस्थामा मेयर चौधरीले पानी निकासको बातावरण सिर्जना गरेपछि स्थानिय खुशी भएका थिए । अधिकांश अन्य ठाउँबाट आएर घर बनाएकाे नमुना लहानको यस वस्तीका मानिसहरूले लहान नगरपालिकालाई कर तिर्दै गर्दा पनि पुर्व मेयर र वडाका जनप्रतिनिधिहरुकाे विकासे नजरमा याे वस्ती कहिले परेको थिएन ।
हालसम्म एक टिप माटाेकाे लागि पनि वजेट विनियोजन नभएको र नगरबाट गरिने विकासकाे नजरबाट टाढा रहेको यस बस्तीमा मेयर चाैधरी आफै आएर जलमग्न वस्तीबाट पानीको तत्काल निकास दिएर आउने दिनमा ग्राभेल सडक निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दा नयाँ वस्तीका सम्पूर्ण जनसमुदायले मेयर चौधरीप्रति कृतज्ञता व्यक्त गरेका छन ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved