सिरहाको धानागढ़ीमाई न पा का वडा अध्यक्षद्वारा वाडा कार्यालय भवनको गरे सिल्यान्यास

  • भदौ ९, २०८०
  • ६६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल , भदौ ९। सिरहाको धनगढीमाई १४ का वाडा अध्यक्ष अमित ठकुरी ज्यूले वाडा कार्यालय भवनको विधि विधानपूर्वक विहिबारेमा सिल्यान्यास गर्नु भएको छ । भौगोलिक विकटताका कारण विगत लामो समयको प्रतीक्षा पछि वाडा अध्यक्ष अमित ठकुरीले भवन निर्माणको कार्य अगाडि बढाएर एतिहासिक कार्य गर्नु भएको आम बुझाई रहेको देखिन्छ । सिमसिम वर्षा भइरहेको अवस्थामा कुनै नयाँ कार्यको शुरुवात गर्नु शुभ मानिने परम्परा हाम्रो समाजमा रहिआएको छ ।

आज एक औपचारिक कार्यक्रम गर्दै हाल संचालित वाडा कार्यालय परिसरको पछिमी भागको दक्षिणी भागमा जेसिविले पिलर राख्ने खाल्डो खनेर उक्त खाल्डोमा विधि र निष्ठापूर्वक पूजापाठ पण्डितद्वारा गराई वाडा अध्यक्ष अमित ठकुरी ज्यूले आफ्नो हातले इटाको पूजा गर्नुभएको थियो । उलेख्निय संख्यामा सहभागी भएका स्थानियहरुको उपस्थितिमा वाडा अध्यक्ष अमित ठकुरी ज्यूले मसला सिमेन्ट आफ्नै हातले राखेर भवनको सिल्यान्यास गर्नु भएको हो ।

अत्यन्त खुशीयाली वातावरणमा आयोजित कार्यक्रममा स्थानिय बुद्धिजिबी,राजनीतिकर्मी , समाजसेवी , पत्रकार लगायतको उपस्थितिमा भवन निर्माणको औपचारिक शुरुवात गरिएको थियो । टोल बस्तीमा विद्युतिकरणको एतिहासिक कार्य चर्चाको विषय सेलाउन नपाउँदै नयाँ भवनको निर्माणले वाडाबासीहरु एक अर्कामा खुशी साटिरहेका छन । आयोजित कार्यक्रममा अथितीगणलाई खाँदा ओढाएर सम्मान गरिएको थियो भने सहभागी सबैलाई मिठाइ प्रसाद वितरण गरिएको थियो ।

भौगोलिक विकटतालाई नजिकबाट बुझेका स्थानिय समाजसेवी दलबहादुर कार्कीले " यो एतिहासिक क्षणमा आफूभित्र खुशीको सीमा नागेको " बताउनु भएको छ । कार्यक्रम स्थलमा सहभागी सबैजना उल्लासपूर्ण वातावरणमा खुशी मनाइरहेको दृश्यले केहीबेर वडा कार्यालय भरिभराउ भएको थियो । हालसम्म कसैले पनि नसोचेको कार्य वडा अध्यक्ष अमित ठकुरी ज्यूले गरेको उदाहरणीय कार्यले यतिबेला धनगढीमाई वडा नं १४ का टोलबस्तिमा उनको चर्चा थपिएको छ ।

संक्षिप्त कुराकानीमा " वडा अध्यक्ष अमित ठकुरी ज्यूले, काम बोलेर होइन गरेर देखाउन सक्नु ठूलो कुरा भएको बताउनु भएको छ । क्रमिक रूपमा विकासको दिशामा अघि बढिरहेको वाडा अध्यक्ष अमित ठकुरीको नमुना कार्यले यतिबेला समाजमा खुशीयाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१