Siraha Times
ताजा समाचार

सिरहाको धानागढ़ीमाई न पा का वडा अध्यक्षद्वारा वाडा कार्यालय भवनको गरे सिल्यान्यास

  • भदौ ९, २०८०
  • ७४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल , भदौ ९। सिरहाको धनगढीमाई १४ का वाडा अध्यक्ष अमित ठकुरी ज्यूले वाडा कार्यालय भवनको विधि विधानपूर्वक विहिबारेमा सिल्यान्यास गर्नु भएको छ । भौगोलिक विकटताका कारण विगत लामो समयको प्रतीक्षा पछि वाडा अध्यक्ष अमित ठकुरीले भवन निर्माणको कार्य अगाडि बढाएर एतिहासिक कार्य गर्नु भएको आम बुझाई रहेको देखिन्छ । सिमसिम वर्षा भइरहेको अवस्थामा कुनै नयाँ कार्यको शुरुवात गर्नु शुभ मानिने परम्परा हाम्रो समाजमा रहिआएको छ ।

आज एक औपचारिक कार्यक्रम गर्दै हाल संचालित वाडा कार्यालय परिसरको पछिमी भागको दक्षिणी भागमा जेसिविले पिलर राख्ने खाल्डो खनेर उक्त खाल्डोमा विधि र निष्ठापूर्वक पूजापाठ पण्डितद्वारा गराई वाडा अध्यक्ष अमित ठकुरी ज्यूले आफ्नो हातले इटाको पूजा गर्नुभएको थियो । उलेख्निय संख्यामा सहभागी भएका स्थानियहरुको उपस्थितिमा वाडा अध्यक्ष अमित ठकुरी ज्यूले मसला सिमेन्ट आफ्नै हातले राखेर भवनको सिल्यान्यास गर्नु भएको हो ।

अत्यन्त खुशीयाली वातावरणमा आयोजित कार्यक्रममा स्थानिय बुद्धिजिबी,राजनीतिकर्मी , समाजसेवी , पत्रकार लगायतको उपस्थितिमा भवन निर्माणको औपचारिक शुरुवात गरिएको थियो । टोल बस्तीमा विद्युतिकरणको एतिहासिक कार्य चर्चाको विषय सेलाउन नपाउँदै नयाँ भवनको निर्माणले वाडाबासीहरु एक अर्कामा खुशी साटिरहेका छन । आयोजित कार्यक्रममा अथितीगणलाई खाँदा ओढाएर सम्मान गरिएको थियो भने सहभागी सबैलाई मिठाइ प्रसाद वितरण गरिएको थियो ।

भौगोलिक विकटतालाई नजिकबाट बुझेका स्थानिय समाजसेवी दलबहादुर कार्कीले " यो एतिहासिक क्षणमा आफूभित्र खुशीको सीमा नागेको " बताउनु भएको छ । कार्यक्रम स्थलमा सहभागी सबैजना उल्लासपूर्ण वातावरणमा खुशी मनाइरहेको दृश्यले केहीबेर वडा कार्यालय भरिभराउ भएको थियो । हालसम्म कसैले पनि नसोचेको कार्य वडा अध्यक्ष अमित ठकुरी ज्यूले गरेको उदाहरणीय कार्यले यतिबेला धनगढीमाई वडा नं १४ का टोलबस्तिमा उनको चर्चा थपिएको छ ।

संक्षिप्त कुराकानीमा " वडा अध्यक्ष अमित ठकुरी ज्यूले, काम बोलेर होइन गरेर देखाउन सक्नु ठूलो कुरा भएको बताउनु भएको छ । क्रमिक रूपमा विकासको दिशामा अघि बढिरहेको वाडा अध्यक्ष अमित ठकुरीको नमुना कार्यले यतिबेला समाजमा खुशीयाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१