बिष्णुपुरमा चोरको आतंक , प्रमाणित भैसकेको चोर समात्न प्रहरीको ढिलाइ

  • भदौ ६, २०८०
  • ९९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा भदौ २६ । बिगत केही दिन देखी सिरहाको बिष्णुपुरमा चोरको आतंक नै भएको छ । खानेपानी कल देखि लिएर मोटर सिचाइका कल चोरी गरि किसानलाई आजित पारेका छन । चोरले समान चोर्ने र कबाडीमा बेच्ने गतिविधि व्यापक रुपमा फैलिदै गएपनी प्रहरी प्राशासनले यस्ता अप्राधिक घटना गर्नेहरुलाई समातेर कार्यबाही गर्न पछि परेका छन । केही दिन अघि सिरहाको बिष्णुपुर गाउँपालिका वडा ३ बस्ने एक युवा रबिन्द्र यादवले जक र चापाकल चोरी गरि कबाडीमा बेच्न लागदा कबाडी बलाले चोरको फोटो तानेर राखेका थिए ।

आफ्नो समान चोरेर कबाडिमा बेचेको भन्दै एक जनाले प्रहरीमा उजुरी गरेपछि बिष्णुपुर प्रहरीले कबाडी खरिद गर्नेलाई पक्राउ गरेका थिए । पक्राउपर्ने कबाडीबलाले चोरिको समान बेच्ने ब्यक्तिको फोटो सहित राखेको भन्दै चोरको साटो मेरो मान्छे किन समातिए पत्रकारलाई गुहारेका थिए । कबाडीबला सँग रहेको चोरको फोटोको अधारमा लेखेपछी पत्रकारलाई ज्यान मार दिने धम्की गरेका छन । धम्की दिने ती चोर सिरहाको बिष्णुपुर वडा ३ को सिटहु यादवको छोरा रबिन्द्र यादव रहेको खुलिए पनि प्रमाणित भएको चोर समात्न प्रहरीको ढिलाईले किसान देखि पत्रकार सम्म त्रसित भएको छ ।

मंगलबार चोर रबिन्द्र यादवले मोबाइल नम्बर +9779819792877 बाट चोरको बारेमा लेख्ने प्रदेश टाइम्स दैनिकका प्रकाशक सम्पादक रामपुकार यादवलाई ज्यान मार्ने धम्की दिएका छन । समाजमा शान्ति अमन चयन र समाजिक रुपान्तरणको क्षेत्रमा बर्षौ देखि कलम चलाउँदै आएको पत्रकारलाई समाजमा अप्राधिक गतिविधि गर्ने चोरले ज्यान मार्ने धम्की दिनु प्रहरी प्रशासनको लागि चुनौती नै हो इप्रका बिष्णुपुरको इन्चार्ज बैदनाथ दासले बताए । इन्चार्ज दासले समाजमा चोरी गर्ने धम्की गर्ने अप्राबिधिक गतिविधि गर्ने जस्ता आप्राधिक ब्यक्तिलाई कानुनको दायरामा ल्याई कार्यबाही गर्न आफू सदैब अग्रसर रहने बताए ।

प्रतिक्रिया दिनुहोस

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

लक्ष्मीपुर पतारी–६ क ...

लहान, ३० असोज । लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर पासवान टोलकी करीब १३ वर्षीया रुमा पासवान यतिबे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१