Siraha Times
ताजा समाचार

सप्तरीमा लघुबित बिरुद्ध संगठन बिस्तार

  • भदौ ३, २०८०
  • ६९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३ भदौ - सप्तरीको महुली बजारमा शनिबार लघुबित विरुद्धको संघर्ष समितिद्वारा जिल्ला भेला तथा संगठन बिस्तार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सप्तरी जिल्ला अध्यक्ष अनिता चौधरीको नेतृत्वमा सुरु भएको कार्यक्रममा उदयपुरका जिल्ला अध्यक्ष बिना मगर वरिष्ठ समाजसेवी तथा लघुबित विरुद्धका अभियानता मनोज पौडेल कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।

Open photo

कार्यक्रममा केन्द्रिय सदस्य धनिकलाल चौधरी, प्रदेश सल्लाहकार मोहम्मद गुलजार मियां सप्तरी जिल्ला उपाध्यक्ष उमेश मगत,सप्तरी अभियानता सतिस चौधरी सुमन चौधरी,लगायत करिब ५ सय महिलाहरुको उपस्थिति रहेको आयोजकले जनाए।काठमाडौंको माइती घर मनडलाबाट सुरु भएको आन्दोलन बिगत १९ महिना देखि निरन्तर जारी रहेको छन्।पाँच सुत्रय माग राख्दै देशका विभिन्न जिल्लामा अव्यवस्थित रहेका लघुबित बितिय संस्थामा तालाबन्दी तोडफोड र कर्मचारीहरुलाई कुटपिट समेत गर्दै किस्ता बहिष्कार गरेका छन्।

Open photo

सप्तरी जिल्ला भेला कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले माग पुरा नभए राज्य संग बिद्रोह गर्न तयार रहेको चेतावनी दिएका हुन। नेपालको दोश्रो महिला आन्दोलनको रूपमा रहेको आन्दोलन सशक्त रूपमा अगाडी बढीरहेको बताए। पछिल्लो केहि महिना अगाडी प्रदेश बन्द नेपाल बन्द लगायतका क्रियाकलापहरु गर्दै आएका हुन्।

आन्दोलनको क्रममा प्रहरी हस्तक्षप गर्दा प्रहरी र आन्दोलनकारी बीच झडप समेत भएको थियो।हाम्रो लडाइँ राष्ट्रिय बैंक संग रहेको भन्दै सरकारसंग ४ बुदे माग सम्बोधन भएको सरकारले बार्ताटोलि बनाईयो।हाम्रो केन्द्रिय अध्यक्ष मणिराम ज्ञवालीले अन्सन तोटियो।

काम गर्ने अब दिन नेपालबाट समाजिक र आर्थिक रूपमा हाम्रो सामाजलाई सोसन गरेको छ त्यस्लाई सदाको लागी अन्त गर्ने दिन आयो।धनाडे धनी हुँदै जान्छ र गरिब दलित आम नागगरीक दिन प्रतिदिन गरीब हुदैन।नेपाल सरकारको तर्फबाट प्रधानमन्त्रीको सोकिय सचिब र प्रेस सल्लाहकारले केन्द्रिय अध्यक्ष मणिराम ज्ञवालीको अन्सनको थियो। ऋणिलाई दिएको लघुबित संस्थाले लिलामी चिट्ठीलाई आगो लगाएर जलाएको छन्।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१