ताजा समाचार

विकासमा पारदर्शिताको माग गर्दै स्थानिय

  • भदौ ३, २०८०
  • ७७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदाै ३ । सप्तरीको सुरुङ्गा नगरपालिकाको वडा नं ३ बलान नदी नियन्त्रणकाे लागि गरिएको विकासप्रति स्थानिय केही युवाले बजेट पारदर्शिताको माग गरेका छन । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन ईकाई सलकपुर मोरङ अन्तर्गत संचालित नदी तथा खोला किनारा नियन्त्रण / व्यवस्थापन कार्यक्रमले बलान खोलाको दक्षिणी पछिमी किनारमा स्थानियको उब्जाउ हुने जग्गामा खोला नियन्त्रणको लागि गरिएको तटबन्ध र माटोको कार्यमा उपभोक्ता समितिले आफूहरुलाई सहभागी नगराई बजेट निकासा गरेकोमा स्थानिय युवाहरु शिवशंकर शाह र सुलिन्द्र पासमानले असन्तुष्टि जनाएका छन ।

साविक गाउँविकास समिति दौलतपुर ९ भुसी महुलिया लाभान्वित हुने गरी संचालित योजनामा आफूहरुलाई थाहै नदिई बजेट निकासा गरेको र हालसम्म बजेट बारे आफूहरुलाई कुनै जानकारी नभएकोले सार्वजनिक रूपमा बजेटको बारेमा आफूहरुलाई जानकारी गराउन युवाहरुले उपभोक्ता समितिका पदाधिकारीहरुसंग माग गरेका हुन । चहका दोभानको उक्त ठाउँको विकास बारे सलकपुर स्थित राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिलाई टेलिफोन सम्पर्ग गर्दा रिङ गएपनि फोन उठ्न सकेन भने यता वडा अध्यक्ष किरण पोखरेललाई मोबाइल सम्पर्ग गर्दा " यस बारे उपभोक्ता समितिलाई बुझ्नु भन्नु " भनी जानकारी दिनु भयो ।

उपभोक्ता समितिका अध्यक्ष दीपक कार्कीलाई मोबाइल सम्पर्क गर्दा ठेक्कामा दिएर काम गराइ हरहिसाब फर्छौट गरिसकिएको जानकारी दिनु भएको थियो । यता स्थानिय युवाहरु आफूहरुलाई बजेटको पारदर्शिता चाहिएको अडानमा रहेका शिवशंकर शाह र सूलिन्द्र पासवानले प्रहरी चौकी लक्ष्मीपुरमा समेत निवेदन दिएका छन् , उक्त सम्बन्धमा लक्ष्मीपुर चौकीमा पुगेर सम्पर्ग गर्दा हामी दुवै पक्षलाई बोलाएर क्षलफलमा लैजाने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤