Siraha Times
ताजा समाचार

संगिता नवजात शिशुसहित १८३४ दिनको जेल चलान

  • साउन ३०, २०८०
  • ८०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा २९ साउन । सिराहा जिल्लाको गोलबजार नगरपालिका वाडा नंवर ४ की संगिता कुमारी महतो नवजात शिशुसहित बैंकिङ कसुर मुद्दामा सिन्धुली जेलमा १८३४ दिनको जेल सजाय भोगिरहेकी छिन । बैँकिक कसूर मुद्दामा उच्च अदालत जनकपुरबाट अत्यन्त नाजुक अवस्थाका आर्थिक स्थिति भएकी संगिता कुमारी महतोलाई अपराध सहिता २०७४ को दफा ४१(३) बमोजिम ४ प्रतिशतले क्षतिपूर्ति भराउने हिसाबले अदालतको फैसला कार्यान्वयन दस्ता टोलीले २०७९/१०/२ मा पक्राऊ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको च न १४१५ को पत्रद्वारा अदालतमा पेस गरिएको थियो । करिब ११ दिने शिशुलाई सडक छेउमा रहेको घरको अगाडि स्याहार सुसार गर्दै गर्दाको अवस्थामा संगिता महतोलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नावालक दुई सन्तानलाई अत्यन्त कहाली लाग्दो परिस्थितिमा छोडेर कारागार जीवन बिताउँदै आएकी संगिताको घरमा बेहाल अवस्था रहेको देखिन्छ ।

महाजनहरुले मानसिक तनाब दिन थालेपछि श्रीमानको बेइजती देख्न नसकी उनले जनता बैंक लिमिटेड गोलबजार शाखामा रहेको उनको नामको खाता नंबर १०९१०४०५३२०२८०१ मा साहुले भुक्तानी पाउने गरी मिति २०७६/६/१० मा रु ५,५०,००० रकमको चेक नंवर ०७०६४९७९ को चेक साहुलाई दिएको थियो तर चेक अनुसारको रकम खातामा रकम नभएपछि उनलाई बैंकिङ कसुर मुद्दा चलाइएको थियो । उच्च अदालत जनकपुर संयुक्त बाणिज्य ईजलास , ईजलास नंवर ५ मुद्दानंवर-०७७-CB--०००१ निर्णय नंबर ७ अनुसार संगिता कुमारी महतो १८३४ दिनको कारागार जीवन भोग्दै आएकी हुन ।

सिरहाको पत्रकारको एक टिम महतोको घरमा पुगेर उनका श्रीमान दु:खी महतोसंग घटना सम्बन्धि विवरण लिएको सामाचार बाहिरिएको भोलिपल्ट पत्रकारलाई मुद्दा हाल्ने भन्दै फोनबाट धम्काईएको थियो । उक्त विषयको बारेमा पत्रकारले तत्काल जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुखलाई संपर्ग गरी धम्काएको बारेमा जानकारी गराएको थियो साथै ईलाका प्रहरी कार्यालय गोलबजारलाई समेत तत्काल पत्रकारहरु पुगेर जानकारी दिएका थिए ।

उनलाई जेल सजायसम्म भोग्न विवश पारेको आरोप लाग्दै आएको गोलबजार नगरपालिकाको एक महिलालाई पत्रकारहरुले दिनको करिब ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय गोलबजारमा मोबाइलबाट रिपोर्टिङका लागि आरोपित महिलालाई रिपोर्टिङमा सहभागी गराउने भनी जानकारी गराएर आरोपित महिलालाई घटनाको वास्तविक के भनेर बुझ्न खोज्दा म बाहिर छु , भन्दै ठाडो जबाफ दिँदै फोन काटेपछि पत्रकारहरु गोलबजारबाट फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१