सिरहा साउन २८ गते । धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेश कुमार चौधरी १ लाख रुपैयाँ नगद र १ लाख ७५ हजार रुपैयाँको चेकसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीसँगै उनका साथी गुरुदेव यादवलाई पनि पक्राउ गरेको छ । शहीदनगर नगरपालिका वडा नम्बर ३ स्थित पशु सेवा केन्द्रको भवनबाट उनीहरूलाई पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । वाल निर्माण कार्य सम्पन्नपश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved