ताजा समाचार

सीमावर्ती क्षेत्रमा तस्करी मौलाउदै, किशान चिंतित

  • साउन २३, २०८०
  • ८१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन २३ । सिराहाको भारतिय सिमा नाकाहरुमा तस्करी मौलाएकाे अवस्था रहेको देखिन्छ । सिरहा जिल्लाको भन्सार ईलाकाहरुमा रहेको जग्गामा लगाएको बाली तस्करहरुको आवत जावतले नस्ट भएको बास्तविक वस्तुस्थितिलाई हेर्दा सहजै अनुमान लगाउन सकिन्छ सिरहामा रात्रिकालीन तस्करी बढेको । स्थानिय किसानहरुले आफ्नो खेतमा लगाएको धान बाली तस्करहरुले नष्ट गरेपछि तस्कर लखेट्न रातिमा जाग्राम बस्न सुरु गरेको छ । बिगत केही महिना देखि सिमा क्षेत्रमा रहेको खेतको आलिबाट दैनिक रुपमा तस्करी मौलाएको अवस्था रहेको देखिन्छ ।

किसानले वर्षाको अभावमा पिडा झेल्दै आफ्नो खेतमा हप्तौं दिन लगाएर दमकलको सहाराले पानी हालेर ट्याक्टरले खेत जोताई दर्जनौं कामदारहरुको सहारामा धान रोपेका किसानको परिक्ष्रममाथि तस्करले पिडा दिदा सम्म पनि निकाय मौन दर्शक बनिरहेका छन । तस्करहरुले धानवालीबाटै तस्करीका सामानहरू बिभिन्न साधनहरूको प्रयोगले ओशार पसार गर्दा धान बालिमा क्षति पुगेको स्थानिय किसानहरु बताउँछन् । दिनानु दिनको बढ्दो तस्करीले किसानलाई हैरानी दिएको अवस्थामा यसलाई रोक्न अति आवस्यक छ । किसानलाई अन्न बाली कसरी उब्जाउने ? भन्ने चिन्ता बढिरहेको अवस्थामा स्थानिय किसानले जति मनाही गरेपनि नाेक्सानी गर्न छोडेको देखिँदैन तस्करका भरियाहरुले ।

जाग्राम बस्दा बस्दा वाक्क दिक्क भएका स्थानिय किसान भन्छन्, कति दिनसम्म बस्ने हाे ? कुन बेला आउछ थाहा हुदैन । बिहान ६ बजेदेखि ८ बजेकाे समयमा तस्करहर बढी हिड्ने गरेको अबस्था रहेको स्थानियको भनाई रहेको छ । सिराहाको भन्सार क्षेत्रमा अन्य बस्तुको तुलनामा चीनीकाे तस्करी बढी भएको स्थानियको गुनासो रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤