Siraha Times
ताजा समाचार

लहानमा हाटबजार दुर्गन्धित बन्दै, निकाय बेखवर

  • साउन २३, २०८०
  • ९५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार, लहान , २३ श्रावण । सिराहाको लहान नगरपालिकालाई व्यापारिक दृष्टिकोणले ग्रामीण भेगको ठुलो बजार मानिन्छ । यहाँ दिनहुँ हजारौं व्यापारीले करोडौंको कारोबार गर्छन् । तर, निकायको मौनताका कारण उनीहरूको कियाधरा माथि पानी फेरिएको अवस्था छ । अर्थात लहानका हाटबजारलाई व्यवस्थित नगरिदा दुर्गन्धित र हिलोहिलै अवस्थामा पुगेको छ । नगरप्रमुखको रुपमा महेश चौधरी निर्वाचित भएको झण्डै २ वर्ष पूरा हुन लागेको छ । न त विकासको अभास हुन सकेको छ , न त जनउपेक्षित ठोस कामकाज। यो सँगै साधारण पानी पर्नासाथ लहानका तरकारी बजार हटियाहरुमा पानी जम्ने गरेको छ । हटियामा पानी जम्दा तरकारी सब्जी किन्ने , बेच्नेलाई निकै सास्ती खेप्नु परेको तथा धोधो हुने गरेको अवस्था छ ।

Open photo

यता , लहान नगरवासीमा यतिबेला खैलाबैला मचेको अवस्था छ । उनीहरू भन्छन् " महेश चौधरीलाई भोट दिए, चुनाव जिताए। तर, उनको कर्तुत दिनानुदिन बालहटमा परिण्त हुँदै गएको छ । लहानका चन्देश्वर महतो भन्नुहुन्छ " मेयर महेश चौधरीको समाजसेवी देखावटी ढोँङ्ग रहेको बताउँछन् । महेश चौधरी काम कम तर, जनतालाई झुठो आश्वासन बढी दिने गर्छन् । यो सँगै हाटबजार सुन्दर र हरित बनाउनमा हरेक जिम्मेवार व्यक्तिको दायित्व हुन्छ । ती जिम्मेवार जनप्रतिनिधि गैरजिम्मेवार भएपछि "उनको" नैतिकतामाथि प्रश्न चिन्ह खडा हुने गरेको छ।

जो सुकै जनप्रतिनिधिलाई नैतिकहीन र विश्वासघात व्यक्ति हुनु हुदैन । मेयर जस्तो संवेदनशील व्यक्ति जनताको लागि दिनरात एक गरेर जनताको मन जित्नु पर्छ। ताकि होइन - मेयरको खोल ओढाएर अफिसको समयमा पनि ४ पल्ट विभिन्न कामको बाहानामा घर जानू र आउनु । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमणमा महिने पिछे करोडौं खर्चिने गर्छन् । लहानका मेयर महेश चौधरी हरेक काममा कमिसन लिने गरेको आरोप छ। बिना कमिसन फाइल पनि छुदैन्न । यति मात्रै होइन मेयर महेशको हर्कत कर्तुतले नगरवासी चिन्तित बनेको अवस्था छ । चिया चर्चामा मानिसहरु भन्छन - मेयर महेश चुनाव जितेर ४ पुस्ते बसेर खाने जति सम्पत्ति आर्जन गरेको छ। यता, समग्र लहानको विकास बारे - लहान नगरपालिकाका सुचना अधिकारी इन्जिनियर सुशील कुमार साहलाई मोबाइल न. ९८५२८३२७९५ मा सम्पर्क गर्दा सम्पर्क भएनन् ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१