Siraha Times
ताजा समाचार

सिराहाका स्थानीयतहरुमा बढदो अनुचित क्रियाकलापप्रति एकीकृत समाजवादी पार्टीको ध्यानाकर्षण

  • साउन २३, २०८०
  • ७०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, श्रावण २३ गते । नेपाली सर्बहारा बर्ग र आम नेपाली न्यायप्रेमी एवं क्रान्तिकारी जनताको हितको प्रतिनिधित्व गर्ने राजनिती पार्टी हो बताउनुहुन्छ कमल यादव । वहाँका अनुसार नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाकाल देखि जुन लक्ष्य उद्देश्य राखेको थियो ति लक्ष्य उद्देश्य नै यस पार्टीका लक्ष्य उद्देश्य हुन् । नेपाली समाजमा व्याप्त सामान्ती तथा साम्राज्यवादी शोषण दमन र उत्पीडनको अन्त्य गरी वैज्ञानिक समाजवादको स्थापना गर्ने र समाजमा रहेका सबै खाले विभेदहरुको अन्त्य गरी समानता सहीतको स्वतन्त्रता भएको समाज अर्थात साम्यवादी समाजको स्थापना गर्ने यी लक्ष्य उदेश्यहरु मध्ये केही मात्र प्राप्त भएका छन् र अझै धेरै काम गर्न बाँकी छ । यो पार्टीको ति सबै लक्ष्य प्राप्तीको संघर्षमा डटी रहने प्रतिवद्धता जाहेर गरेको छ । आजको पत्रकार सम्मेलनमा अर्का नेता जयप्रकाश यादव यसरी आफ्नो तर्कहरुलाई सम्बोधन गरेको थियोे ।

आदरणीय जनसमुदायहरु :-

वर्तमान अवस्थामा केही सरकारी कार्यालयहरुको काम कारवाही प्रति जनसमुदायमा व्यापक असन्तुष्टी रहेका र विचौलियाहरुको विगविगी जताततै देखीरहेको र भष्टचारजन्य क्रियाकलापहरु दिनानुदिन बढ्दै गईरहेकोले नेपाल कम्यूनिष्ट पार्टी (एस) एउटा जिम्मेवार राजनीतिक दलको तर्फबाट मिति २०८० साल श्रावण २० गतेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिरहा निर्वाचन क्षेत्र नं. १ को प्रदेश कमिटि (क) र (ख) को संयुक्त बैठकको निर्णय अनुसार जनसमुदायहरुका तपसिल बमोजिमका मांगहरु स्थानीय प्रशासन लगायत नेपाल सरकार संग समुचित सम्बोधनका लागि जोडदार माग गर्दछौं । स्थानीयतह सरकार तथा निकायसँग यी बुदाँका मांगहरु राखेको छ।

१. किसानहरुको समस्या: समयमा वर्षा नभएकोले किसानहरूले धानबाली लगाउन नपाएको हुनाले लहान न.पा., धनगढी माई न.पा., सखुवा नन्कारकट्टी गा.पा., लक्ष्मीपुर पतारी गा.पा. भगवानपुर गा.पा. र सिरहा क्षेत्र नं. १ मा पर्ने सम्पूर्ण वडाहरुलाई सुख्खा क्षेत्र घोषणा गरी किसानहरुलाई राहतको व्यवस्था मिलाउनुपर्ने ।

२. लगाएका धान बालीमा सिंचाईको व्यवस्था तत्काल विद्युतको नियमित तथा समुचित व्यवस्था मिलाउनुपर्ने ।

३. डिजल तथा मट्टीतेलमा किसान कार्डको आधारमा सहुलियत दरमा उपलब्ध गराउनुपर्ने ।

४. व्याप्त खडेरीको कारणले खानेपानीको व्यापक अभाव भएकोमा खानेपानीको व्यवस्था अविलम्ब व्यवस्था गर्नुपर्ने ।

५. विउ विजन तथा मलखादको समुचित व्यवस्था गर्नुपर्ने ।

६. वर्तमान अवस्थामा पशुहरुमा दिनानुदिन फैलिदै गईरहेको लम्पी स्कीन (रोग) को उपचार तथा नियन्त्रणको लागि तिव्रगतिमा भ्याक्सिन लगाउने कार्यको तत्काल व्यवस्था गर्नुपर्ने ।

७. विभिन्न सरकारी कार्यालयहरुमा हुने गरेको ढिला सुस्ती तथा विना बिचौलिया मार्फत सेवाग्राहीको काम न हुने गरेको हुनाले बिचौलियाको अन्त्य गरी सु-शासनको प्रत्याभुती गराउनुपर्ने ।

८. मिटर ब्याजीहरु तथा पिडितहरुको सही पहिचान नगरी जथाभावी उजुरी दर्ता गरी नागरिकहरुलाई अनावश्यक दुःख दिने गरेको हुनाले सोको अन्त्य हुनुपर्ने ।

९. राष्ट्रिय अनुसन्धान विभाग नेपाल सरकारको गोप्य निकाय भएकोले सो निकायको कार्यालय सिरहाबाट बिचौलिया खटाई मिटर ब्याजी तथा पिडितलाई भय त्रास धाक धम्की थुनछेक जस्ता कार्यमा संलग्न देखिएकोले सो कार्य अबिलम्ब रोक्नुपर्ने ।

यो सँगै यी मांगहरु नेपाल सरकारको गृह मन्त्रालय , जिल्ला प्रशासन सिराहा , जिल्ला प्रहरी सिराहा दिलाउने कार्यमा साथसहयोगको अपेक्षा गरेको छ। माथि उल्लेखित मांगहरु तत्काल सम्बोधन नभए चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरी अगाडी बढ्नेछौं साथै यसबाट हुनजाने सम्पूर्ण क्षतिको जिम्मेवारी राज्यले स्वयम् लिनुपर्नेछ बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिका वडा नं ...

ओम प्रकाश यादव लहान, जेठ १४ । खडक नगरपालिका वडा नं. ११ लाई औपचारिक रूपमा “बाल श्रम मुक्त वडा&r ...

लहानका मेयर महेश चौध ...

विनोद अविरल, जेठ १३ ​लहान, जेठ । नेपाल सरकारले सिरहाको लहान नगरपालिकाका प्रमुख (मेयर) महेश चौधरीलाई ...

सशस्त्र प्रहरी बलको ...

रहमुल सिरहा, १३ जेठ । सशस्त्र प्रहरी बल नेपालको १९ औँ स्थापना दिवस सिरहामा भव्य तथा उल्लासपूर्ण वाता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१