समाजका एक नक्षत्र रबि पाण्डे

  • साउन १७, २०८०
  • ५७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन १७ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको परासी घोडपाली घर भएका रबि पाण्डे भ्रष्टाचार ,समाजका ब्यथिती अन्याय र शोषणको बिरुद्ध खुलेर लेख्ने र बोल्न आँट भएका समाजका एक उदाएका नक्षत्र हुन । समाजका दुःख पीडा संग रमाएर जनताका पीडामा बोल्न सक्ने अनि कानुनी बहस गर्न सक्ने क्षमता भएका बौद्धिक व्यक्तित्व हुन पाण्डे । आफ्ना टोल बस्तीका समस्यालाई नजिकबाट नियाल्दै आएका उनले आफ्नो निजी लगानीमा आम स्थानीयलाई सहजतापूर्वक भएको खानेपानी धारोको ब्यबस्थापनमा ध्यान केन्द्रित गर्दै सहज खानेपानी पहुँचमा योगदान लगाएत उनले टोल बस्तीका आम समस्यालाई क्रमिक रूपमा बाहिर ल्याउँदै सामाधानका उपायहरु खोजिरहेका छन । पाण्डे भन्नूहुन्छ ' समाजिक कुकर्मको बारेमा बोलेर ,लेखेर ,बिसङ्गती ,बेथिती विरुद्ध आवाज उठाउदा,देश र समाजको हितका लागि लेख्दा या बोल्दा गाली खानु पर्छ भने म जीवन भर गाली खान तयार छु ,लडन परे लडन पनि तयार छु तर ब्यथिती ,लापरबाही र भ्रस्टाचारको विरुद्ध लेख्न,बोल्न र लडन म छोडने छैन " आँट हिम्मत र बौद्धिकताको एक पाटो मानिने पाण्डेको कार्य शैली बाट प्रभावित भएर उनलाई साथ सहयोग परासीको रामग्राम नगरपालिकाका आम जनताबाट प्राप्त भैरहेको अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१