ताजा समाचार

लम्पी स्किन रोग नियन्त्रणको लागि सखुवानन्कारकट्टी गाउँपालिकाद्धारा अभियान सुरु

  • साउन १५, २०८०
  • ७६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम लहान - सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले लम्पि स्किन रोग नियन्त्रणको लागि खोप अभियानको सुरवात गरेको छ । आज सोमबार जनप्रतीनीधी र पशु डाक्टर सहितको टोलिद्धारा अनुगमन सँगै सखुवानन्कारकट्टीको वडा नम्बर ५ बाट उक्त अभियानको सुरवात गरिएको हो । पालिकाभित्रका विभिन्न स्थानमा गाई, गोरु र भैँसीमा यो संक्रमण देखिन थालेकाले खोप अभियानकै रुपमा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयो ।अध्यक्ष यादवका अनुसार अभियान अन्तर्गत रोगी पशुलाई निशुल्क उपचार र निरोगी पशुलाई खोप लगाएर अभियान शुभारम्भ गरेका हुन।

Open photo

लम्पी स्किन संक्रमण भैसकेका गाई गोरुबाट संक्रमण थप फैलिन सकने भएकाले संक्रमण नभएका गाइ गोरुलाइ अलग राख्न पशु शाखा प्रमुख रामअधीन यादवले किसानलाइ सुझाब दिनुभयो । क्याफ्री पक्स भाईरसद्धारा संक्रमण हुने यो रोगबाट गाई, गोरु, भैसी लगाएतका पशुहरुमा संक्रमण देखा परेको उहाँको भनाइ छ । लम्पि स्किन रोग नियन्त्रणका लागी सखुवानन्कारकट्टी गाउँपालिकले सक्दो पहल गरीरहेको अभियानका संयोजक मोहम्मद रहमुल राईनले बताउनु भएको छ । कृषकको घर आगनमै तथा पशु प्राविधिकको टोलि लिएर उपचार गराउने कार्यको थालनी वाडा -५ बाट सुरु गरेको भन्दै क्रमश: वाडा -४,३,२ र १ मा आफु सहित पशु प्राविधीहरु जाने र औषधी व्यवस्थापन देखी आफ्नो तर्फबाट गर्ने सहयोग र उपचारमा कुनै कमी नहुने उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤