ताजा समाचार

प्रणामी मन्दिर उपभोक्ता समितिद्वारा बचतका साथ निर्माण कार्य सफल

  • साउन ७, २०८०
  • ९८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान - सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३, परिहारपुरमा अवस्थित श्री कृष्ण प्रणामी मन्दिरको पूर्वाधार (बाउण्ड्री) निर्माणको काम सम्पन्न गरि उक्त काम गर्नका निमित्त गठित उपभोक्ता समितिद्वारा सार्वजनिक सुनुवाइ गरिएको छ। उक्त भेलामा मन्दिरको महन्थ (श्याम दासजी महराज), उपभोक्ता समिति, अनुगमन समिति, समाजका बुद्धिजीवी, नागरिक अगुवा, व्यापारी, शिक्षक, विद्यार्थी, राजनैतिक व्यक्ति, आदिको उपस्थिति रहेको थियो ।

 

received_1270967786887633 यस कामलाई आफ्नो रहोबरमा सम्पन्न गराउने तथा उपभोक्ता समितिको अध्यक्ष समेत रहेका विनोद प्रसाद यादवको अनुसार परिहारपुरको इतिहासमै पहिलो पटक उपभोक्ता समितिले सार्वजनिक सुनुवाइ गराई विकासको बजेटको आय र व्ययलाई सबैको सामु छर्लङ्ग पारेका हुन्। उनको हिसाबले आयोजनाको लागत (कुल बजेट) रकम रू. ५,३८,२८९.३४।– र पालिकाबाट पाएको चेक (बैंकबाट उठेको जम्मा रुपैँया) रू. ४,७७,०००।– थियो ।

जसमा तलको हिसाब तालिका अनुसार समितिलाई रु. ४०,०००।– बचत भएको कुरा सार्वजनिक गरेका हुन्। उक्त भेलामा सर्वसहमतिमा भएको निर्णय अनुसार समितिलाई बचत भएको रकमले मन्दिरको प्रवेश–द्वारमा ग्रील गेट लगाउने तय भएको छ । स्वर्गीय श्री देव नारायण दास (सुरदास बाबा) ले तत्कालीन समयमा देख्नु भएको सपना आज पुरा भएको कुरा उनले बताए । साथै निर्माण कार्य सफलता पूर्वक सम्पन्न गराई दिने वडा अध्यक्ष भोगेन्द्र यादव, वडा सदस्य अजय कुमार यादव, कामलाई प्रत्यक्ष निगरानी गर्ने जितेन्द्र कुमार यादव र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा यस कामलाई सफल बनाउन सल्लाह सुझाव दिई सहयोग गर्ने आम जनसमुदाय र मन्दिर प्रति सकारात्मक सोच राख्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤