Siraha Times
ताजा समाचार

नवलपरासीकाे जिल्ला अस्पताल भित्रै काेठाबाट डाक्टरकाे पैसा चाेरी

  • साउन ५, २०८०
  • १११७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव/नवलपरासी,साउन ०५ । पश्चिम नवलपरासीको जिल्ला अस्पताल अपृथ्वी चन्द्र अस्पताका डेण्टल सर्जन डक्टर पुजा अचार्यकाे अस्पतालकाे दाेस्राे तल्लामा रहेकाे उनकाे निवासबाट पैसा चाेरी भएकाे छ । रामग्राम नगरपालिका वडा न. ५ स्थित पृथ्वी चन्द्र अस्पतालका डेन्टल सर्जन डाक्टर अचार्यकाे निवासबाटै ८ हजार भन्दा बढीकाे रकम चाेरी भएकाे असपताल श्राेतले बताएकाे छ । डाक्टर आचार्यले अन्दाजी २ बजेकाे समयमा आफ्नो निवासमा जादा ताल्चा चुडेकाे थियाे ।

त्यसपछि आफुले राखेकाे समाग्रीहरू हेर्दै गर्दा आफुले राखेकाे नगद ८ हजार ३ सय भन्दा बढी भएकाे चाेरी भएकाे उनले भनेकि छिन । डाक्टर अचार्यले आफनाे पकेट खर्चकाे लागि राखिएकाे पैसा अस्पताल भित्रबाट चाेरी भएकाे उनले दाबी गरिकि छिन् । सि सि टि भि जडान गरेकाे पृथ्वी चन्द्र अस्पतालमा भित्रबाटै ताल्चा लागेकाे काेठा भित्रबाट पैसा चाेरी भएकाे छ भाेली अरू पनि केही चाेरी हुन सक्छ । माथिकाे तल्लामा सि सि टि भिकाे आवस्यकता रहेकाे देखिन्छ ।

डेन्टल डाक्टरकाे निवासबाट ताल्चा चुडेर चाेरी भएकाे छ कस्ले चाेरी गरेकाे हाे त्यसकाे अनुसन्धान कार्य भईरहेकाे पृथ्वी चन्द्र अस्पतालका ब्यवस्थापक समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले बताएका छन् । पृथ्वी चन्द्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले चाेरी भएकाे कुराकाे विषयमा जानकारी लिन खाेज्दा बताउन आनाकानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

उठिबासको त्रासमा लहा ...

रहमुल, लहान, ३१ साउन । लहान नगरपालिका–३ स्थित विहारपुर टोलका स्थानीयवासी पछिल्लो समय घरजग्गा ख ...

लहान प्रादेशिक अस्पत ...

रहमुल, लहान, ३१ साउन । रा. उ.प्रादेशिक अस्पताल लहानका व्यवस्थापन समिति अध्यक्ष रामनारायण मेहताले अस् ...

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१