नवलपरासीकाे जिल्ला अस्पताल भित्रै काेठाबाट डाक्टरकाे पैसा चाेरी

  • साउन ५, २०८०
  • ७८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव/नवलपरासी,साउन ०५ । पश्चिम नवलपरासीको जिल्ला अस्पताल अपृथ्वी चन्द्र अस्पताका डेण्टल सर्जन डक्टर पुजा अचार्यकाे अस्पतालकाे दाेस्राे तल्लामा रहेकाे उनकाे निवासबाट पैसा चाेरी भएकाे छ । रामग्राम नगरपालिका वडा न. ५ स्थित पृथ्वी चन्द्र अस्पतालका डेन्टल सर्जन डाक्टर अचार्यकाे निवासबाटै ८ हजार भन्दा बढीकाे रकम चाेरी भएकाे असपताल श्राेतले बताएकाे छ । डाक्टर आचार्यले अन्दाजी २ बजेकाे समयमा आफ्नो निवासमा जादा ताल्चा चुडेकाे थियाे ।

त्यसपछि आफुले राखेकाे समाग्रीहरू हेर्दै गर्दा आफुले राखेकाे नगद ८ हजार ३ सय भन्दा बढी भएकाे चाेरी भएकाे उनले भनेकि छिन । डाक्टर अचार्यले आफनाे पकेट खर्चकाे लागि राखिएकाे पैसा अस्पताल भित्रबाट चाेरी भएकाे उनले दाबी गरिकि छिन् । सि सि टि भि जडान गरेकाे पृथ्वी चन्द्र अस्पतालमा भित्रबाटै ताल्चा लागेकाे काेठा भित्रबाट पैसा चाेरी भएकाे छ भाेली अरू पनि केही चाेरी हुन सक्छ । माथिकाे तल्लामा सि सि टि भिकाे आवस्यकता रहेकाे देखिन्छ ।

डेन्टल डाक्टरकाे निवासबाट ताल्चा चुडेर चाेरी भएकाे छ कस्ले चाेरी गरेकाे हाे त्यसकाे अनुसन्धान कार्य भईरहेकाे पृथ्वी चन्द्र अस्पतालका ब्यवस्थापक समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले बताएका छन् । पृथ्वी चन्द्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले चाेरी भएकाे कुराकाे विषयमा जानकारी लिन खाेज्दा बताउन आनाकानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

आफ्नै शरीर र प्रजनन् ...

संजु कुमारी दास, लाहान, असार ३।  गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ ...

७ दिने नाटक तालिम “अ ...

संजू कुमारी दास, लाहान असार ३, । गोलबजार नरपालिकाको विभिन्न वडाका किशोरी समुह, बालक्लबका १६ जना ...

समाजसेवामा समर्पित इ ...

लहान असार ३ । जीवनदान दिने सच्चा नायक मधेशको माटोमा जन्मिएर समाज र जनताको पीडा आफूमाथि बोकेर निःस्वा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१