Siraha Times
ताजा समाचार

मृतक परिवारलाई निर्धन लघुबितद्वारा २१ लाख आर्थिक भुक्तानी

  • असार २९, २०८०
  • ६९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २९ असार - सिरहाको लहान नगरपालिकामा अव्यवस्थित रहेको निर्धन लघुबित बितिय संस्था लिमिटेड लहान शाखाले मृतक परिवारलाई २१ लाख ३३ हजार ३ सय १२ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। बिगत लामो समय देखि निर्धन लघुबितको लहान १० ग्रामीण चौकको केन्द्र नम्बर ०७७ को महिला समाजको सदस्यको रूपमा आबद्ध रहेका लहान नगरपालिका वडा नम्बर २४ का अनिता कुमारी महतोलाई बैशाख १२ गते मृत्यु भएको थियो भने लहान १० का सुनिता गेडाको २०७९ फाल्गुन ४ गते निधन भएको खबरले निर्धन लघुबित सम्पुर्ण परिवार दु:ख व्यक्त गरेका छन्।

बिहीवार एक औपचारिक कार्यक्रमको भब्य आयोजना गरी श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका छन्।शाखा प्रबन्धक सुनिल कुमार सिंहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतो कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा समन्वय समिति सदस्य जानकी यादव अतिथिमा सम्बन्धित वडाका अध्यक्ष मन्टी मंण्डल, सुभक लाल यादव लगायत सयौं सदस्यहरुको उपस्थिति रहेको निर्धनका प्रतिनिधि सरिता चौधरीले जनाए।

प्रमुख अतिथि महतोका अनुसार वास्तमा गरिब दलित र दिन दुखीहरुको हकमा निर्धन लघुबित बितिय संस्थाले समाजको सहारा बन्दै गएको भन्दै यो कार्यक्रमले हामीले बुझियौ बैंकले लिएको निति अगाडि दिन राम्रो संग चलोस र समस्या परेको बेला सदस्यहरुलाई आर्थिक सहयोग गर्नु महान्ता हो भन्दै सुभ कामना दिदै मृतकको तस्वीरमा फुल अबिर लगाएर श्रद्धाञ्जली अर्पन गरेका थिए। मृतक अनिताको श्रीमान संजित कुमार महतोलाई लघुबिमा अन्तर्गत क्रिया खर्च सहित १२ लाख २७ हजार २ सय १२ रुपैयाँ गरी मृतक सुनिता गेडाका श्रीमान शिव कुमार गेडालाई ९ लाख ६ हजार ६० रुपैयाँँ मृत्यु दाबी भुक्तानी सहयोग गरेका निर्धनका लेखा दुखाय यादवले जनाए।

प्रबन्धक सिंहले कार्यक्रमको समापन गर्दै निर्धन लघुबितले आर्थिक उन्ती समाज उत्थान,सहज रूपमा बिना धितोको कर्जा प्रदान गर्ने गरेका छौँ।समाजमा सुत्केरीको लागी पोषण भत्ता आपत बिपतमा परेको बेला सहज रूपमा हाम्रो संस्थाले सहयोग गर्दै आएको सुनाए।आर्थिक रुपले पछाडि परेका हरेक बर्ग समुदायलाई आर्थिक स्तर उकास्न लघुबितले सहयोग गर्दै आएको बताए।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१