छिपहरमाई गापाको १६ औं गाउँ सभा बाट ३३ करोड ७२ लाख बराबरको बजेट प्रस्तुत

  • असार २६, २०८०
  • ६६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा २६ असार पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको १६ औ गाउँ सभा सम्पन्न भएको छ। छिपहरमाई गाउँपालिकाको गाउँ सभा भिस्वामा रहेको श्री मंगल माबीको सभा हलमा भएको कार्यक्रम लाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले पानसमा दिप बालेर उद्घाटन गर्नु भएको थियो। गाउँपालिकाले गाउँ सभा बाट आर्थिक वर्ष २०८०/०८१ को बजेट ३३ करोड ७२ लाख ५५ हजार ८ सय रुपैयाँ बराबरको बजेट गाउँपालिकाको उपाध्यक्ष लिलावती देबी कानुका प्रतिनिधि किशोरी साह कानुले प्रस्तुत गर्नु भएको थियोे । गाउँ सभामा गाउँपालिकाको पाचै वडाको योजना पारित गरि प्रस्तुत गर्नु भएको थियोे ।

०८०/८१को बजेटमा छिपहरमाई गाउँपालिका ले बालिका स्वर्ण बिमा , बिबाह कन्यादान राशी र सहयोग राशी,।स्वच्छ सफा तथा हरित गाउँ लक्ष्यप्राप्तिको लागीबृक्षारोपन कार्यक्रम । छिपहरमाई उज्यालो बिकास कार्यक्रम अन्तर्गत गाउँ गाउँ टोल टोल टावर लाईट,सोलार,पोल लाईट,ले उज्यालो बनाउने।समाजिक सुरक्षा अन्तर्गत गरिब असहायको साथ गाउँपालिका अध्यक्षको हाथ । वडा नं ४ तुल्सीवर्वामा बर्थिग सेन्टर निर्माण लगायत लाई अहिलेको बजेटमा बिषेश प्राथमिकतामा राखिएको छ। साथै शिक्षा , स्वास्थ्य कृषि ,सिचाई, बिपद ब्यवस्थापन , युवा रोजगार, भौतिक पुर्वधार , पर्यटन पर्वधन , उज्यालो छिपहरमाई लगायतमा जोडदिएको गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले जनाएका छन। अध्यक्ष गुप्ताले भने नेपालको पहिलो गाउँपालिका छिपहरमाईले बालिका स्वर्ण बिमा लिएर अाएको हो । छोरी जन्मने बितिकै छोरी हरुलाई बोझको रुपमा लिनेगरेको कारण गाउँपालिका बाट दुई लाखको बिमा दिने गरेको ले २० वर्षको उमेरमा शिक्षा र बिबाहको सम्यमा काम लागने बताए ।

छिपहरमाई गाउँपालिकाको बिकास मा स्थानिय जनसमुदाय ,जनप्रतिनिधि र कर्मचारी हरु को सहयोगका कारण बिकास गतिलिएकोमा सबै जना लाई धन्यवाद समेत दिनु भएको छ। जब सम्म सबै को सहयोग र सहकार्य हुदैन भने बिकासको काममा कमी अाउने बताए । छिपहरमाई गाउँपालिकाको बिकास कार्यमा सबै पार्टी पन्थी हरु संग सहकार्य गरि चलने प्रतिबद्धता समेत गर्नु भएको थियोे । यस्तै सबै जनाले सहयोग गर्दै गएमा देशको नमुना गाउँपालिका पहिला पनि रहेको र अहिले पनि रहने अध्यक्ष गुप्ताले दाबी समेत गरेका छन। गुप्ताले भने नेपालको पहिलो गाउँपालिका छिपहरमाई हो जहाँ प्रतेक वडा हरुमा बर्थिंग सेन्टर संचालन गरि यश गाउँपालिकाको महिला हरुलाई सेवा दिरहेको छ।

पहिला यश गाउँपालिकामा बर्थिंग सेन्टर नहुदा भारतिय अस्पताल र बिरगंज को अस्पताल मा बच्चा जनमाउन जानू परिरहेको थियो कति पै महिला हरु ले समय मा स्वास्थ्य संस्था जान नसकेको कारण महिला हरुलाई अकाल मृत्युु समेत हुने गरेकोले अाफ्फु गाउँपालिका अध्यक्ष भएपछी सो मध्यनजर गरि प्रतेक वडा हरुमा बर्थिंग सेन्टर संचालनमा ल्याएको हो। गाउँपालिकामा प्राबिधिक शिक्षा चलिरहेको छ।बिधालय हरु मा १२ कक्षा सम्म निशुल्क संचालनमा रहेको छ। गाउँपालिकामा दस बेडको अस्पताल निर्माण कार्य गरि स्वास्थ्य संस्था मा एमबिबिएस डाक्टर राखेने ।

नेपाल सरकारबाट सर्शत अनुदान अन्तर्गत रु १२ करोड ५५ लाख , बितिय समानिकरण १० करोड ६३ लाख २५ हजार,राजस्व बाडफाँड ७करोड ५९ लाख ३० लाख ८ सय ,अान्तिक अाय १ करोड १० लाख, समपुर्क ७० लाख, विशेष अनुदान १ करोड १५ लाख लगायत ३३ करोड ७२ लाख ५५ लाख ८ सय रुपैया को बजेट पारित गरि प्रस्तुत गर्नु भएको छ। बिबाह कन्यदान राशी लाई पहिलो प्राथमिक्तामा राखिएको छ।

स्वास्थ्य, शिक्षा, कृषि पर्यटन,महिला ,बालबालिका स्वर्ण बिमा राशी स्वास्थ्य, शिक्षा, पोषण, बाल संरक्षण तथा सरसफाइ विपद जोखिम न्यूनीकरण र बाल केन्द्रित योजना कार्यक्रमको लागि नेपाल सरकार र अन्य बाट अाउने अनुमानित बजेट जनाए का छन। गाउँ सभा भएको नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्षतामा समपन्न भएको थियोे। गाउँ सभामा पत्रकार लालबाबु बानिया लाई सम्मानित गरिएको थियो।

गाउँ सभा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लिलावती देबी कानु, प्रमुख प्रसाशकिय अधिकृत सिकेन्द्र साह, समाजसेबी किशोरी साह कानु,वडाअध्यक्ष कामेशवर यादव, महेन्द्र साह कलवार,दिपेन्द्र कुमार सिंह रामेश्वर प्रसाद महतो, मौजिलाल साह कानु, कार्यपालिका सदस्य बलिस्टर साह, नरेश साह कलवार लगायत ले गाउँ सभाका शुभकामना मन्त्ब्य ब्यक्त गरेका छन। गाउँ सभा गाउँपालिकाका , समपुर्ण महिला ,पुरुष सदस्य हरुको सहभागीता रहेको थियोे ।

गाउँ सभामा स्वास्थ्य संयोजक शम्भु प्रसाद गुप्ता , शिक्षा प्रमुख मुकेश चौरसिया, ईन्जिनियर प्रकास कुमार गुप्ता , लेखापाल संजय पटेल, योजना प्रसांत कुमार गुप्ता , अाईटी अौफिसर संजिव यादव, कृषी का भुलन प्रसाद, संचारकर्मी ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी लगायत को सहभागीता रहेको थियो । कार्यक्रम संचालन मेघराज साह रौनियारले गर्नु भएको थियोे।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक प्रकोप बाट ...

रहमुल लहान ६ मंसिर सिरहा र सप्तरी जिल्लाका धगनढीमाई, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी, भगवानपुर, र ...

बरिष्ठ फिजिसियन डा. ...

रहमुल लहान ५ कार्तिक मोरङको विराटनगर–११, महेन्द्र चोक स्थित पारस मल्टिस्पेशालिटी अस्पताल प्रा. ...

जसपा नेपाल सखुवानन्क ...

ओम प्रकाश यादव लहान ४ मंसिर सिरहाको सखुवानन्कारकट्टी गा.पा. ४ सखुवा गाउँको रामजानकी मन्दिर प्राङ्गणम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१