सिराहाको सुखीपुर नगरपालिका भ्रष्टाचार अनियमितताको अड्डा माटोको माथि कालोपत्रे

  • असार २३, २०८०
  • १७१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार/ लहान , २३ असार । सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादव निर्वाचित भएको दोस्रो कार्यकाल हो । अहिलेसम्म नगरमा विकासको कुनै अत्तोपत्तो छैन । जतात्यतै नसुहाउँदो विकास नाममा भ्रष्टाचार र अनियमितता गरेको पाइएको छ । भ्रष्टाचारमा लिप्त नगर प्रमुख रामऔतार यादवलाई अहिलेसम्म कुनै निकायले कार्यवाही गर्न सकेको छैन । असार अन्तिम लाग्दै गर्दा निकासाको दाउपेचमा गुणस्तरहीन काम गरेर व्यापक अनियमितता गरेको छ । सुखीपुर नगरपालिका वडा नम्बर - ९ वैशाख गाउँ - सुखीपुर बजार जाने बाटोमा कालोपत्रेको नाममा ताजा माटो र मिलाबट गिट्टी, माटो माथि कालोपत्रे गरेर गुणस्तरहीन काम गरिएको छ । खस्रो विकास हुँदा स्थानीयहरुले व्यापक विरोध र जनगुनासो पोखेका छन् ।

Open photo

सो कालोपत्रे हुने सडकमा कुनै किसिमको सुचना पार्टी समेत देखिएको थिएन । तर, ठेकेदारले लाखौं लाख रकम निकासा गरिएको स्थानीयहरु बताउँछन् । यस विषयमा निकायले ठेक्केदार, नगर प्रमुख रामऔतार यादव र प्रमुख प्रशासकीय अधिकृत उपसचिव सत्यनारायण साहलाई कार्यवाही नगर्नु खेद हो । नगरपालिकामा लाखौं लाख रकम झ्वाम्म गरेर कुनै ठोस विकास निर्माण नगरेको स्थानीयहरुको जनगुनासो छ। नगरपालिकामा मेयर यादवले एकलबादी प्रणाली लागू गरिएको छ। यो सँगै नगरपालिकामा जम्मा १० वटा वडा सङ्ख्या रहेको छ । यता, कालोपत्रेको विषयलाई लिएर सुखीपुर नगरपालिकाका सुचना अधिकारी प्रमोद कुमार यादवलाई मोबाइल न. ९८४२०४३६४२ फोन गर्दा जानकारी पाउन खोज्दा बाहिर छु , यस विषयमा मलाई कुनै जानकारी छैन । सुचना उपलब्ध गराउन असमर्थ रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक प्रकोप बाट ...

रहमुल लहान ६ मंसिर सिरहा र सप्तरी जिल्लाका धगनढीमाई, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी, भगवानपुर, र ...

बरिष्ठ फिजिसियन डा. ...

रहमुल लहान ५ कार्तिक मोरङको विराटनगर–११, महेन्द्र चोक स्थित पारस मल्टिस्पेशालिटी अस्पताल प्रा. ...

जसपा नेपाल सखुवानन्क ...

ओम प्रकाश यादव लहान ४ मंसिर सिरहाको सखुवानन्कारकट्टी गा.पा. ४ सखुवा गाउँको रामजानकी मन्दिर प्राङ्गणम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१