धनगढीमाईमा खेती फाटफुट शुरू

  • असार १९, २०८०
  • ८३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल १९ आषाढ़ । सिराहाको धनगढीमाईका विभिन्न ठाउँहरूमा खेती शुरु भएको छ । मनसून शुरू भएपनि समयमा वर्षा नहुँदा वैकल्पिक उपाय निकालेर किसानहरूले खेती शुरु गरेको देखिन्छ । धनगढीमाईको दक्षिणी भागमा मोटर, बोरिङको सहायतामा किसानहरूले खेती शुरु गरेको देखिन्छ भने उत्तरी भेगमा सिँचाइको अभावमा आम किसानहरूले बीउ सार्ने काम अर्थात् खाँऊर शुरू गरेको छ । आकासे भर रहेको यस क्षेत्रमा समयमा वर्षा नहुँदा किसानहरू चिंतित वनेका छन । स्थानिय सरे खोलाको पानीले करिब दुई सय बिगाहा क्षेत्रफलमा सिँचाइ हुने अवस्था रहे पनि उक्त पानीलाई हालसम्म ब्यबस्थापन गर्न सकिएको छैन । किसानलाई सिँचाइ मीटर आवस्यक रहे पनि उत्तरी भेगमा रहेको बस्तीहरूमा सरकारको अदुरदर्शिता कारणले उक्त सुविधा हालसम्म प्राप्त हुन सकेको छैन

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१