भाटभटेनीका गुरुङ पक्राऊ

  • असार १२, २०८०
  • ६८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल आषाढ १२ । काठमाण्डौ स्थित भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले भूमाफियाहरुसँग मिलेर ललितानिवासको जग्गा पलटिङ गरेर बेचेका थिए । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जमिन हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्सालबाट पक्राऊ गरेको छ । विशेष अदालतले धरौटीमा रिहा गरेको गुरुङलाई न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले २०७७ सालमा दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अख्तियारले गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । श्रोत सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस

कपिलवस्तुको सिमाक्षे ...

कपिलवस्तुको जिल्लाकाे विजयनगर गां पा गणेशपुर सिमा क्षेत्र हुँदै नेपालमा खसीको तस्करी बढेको छ समयमा व ...

कृष्णानगरमा बहादुरगं ...

कपिलवस्तु , मंसिर १९ । नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित बहादुरगञ्ज आँखा अस्पतालले कृष्णनगर नगर ...

लहानमा चारदिने तालिम ...

रहमुल लहान, १९ मंसिर । व्यवस्थापनमा जलवायु सहनशीलता एकीकृत गर्ने उद्देश्यले लहानमा चारदिने तालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१