ताजा समाचार

धनगढीमाई १४ का पशुमाहरूमा देखियो‘लम्पी स्किन रोग

  • असार ११, २०८०
  • ८३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल आषाढ ११ । सिराहा जिल्लाको धनगढीमाईका १४ अन्तर्गतका बस्तीहरूमा रहेको पशुहरुमा देखिएको छ , अचानक फोका जन्य रोग । गत जेठको तेश्रो साता स्थानिय हात्तीढुंगास्थित रहेको पशुमा देखिएको सो रोगको संक्रमण हालसम्म वडाका टोल बस्तीमा रहेको देखिन्छ । पक्स समूहको काप्रीपक्स भाइरसबाट गाई, भैँसीमा लाग्ने लम्पी स्किन रोगले पशुहरू बीमार हुन थालेपछि स्थानीय चिंतित हुन थालेका छन । रोग लागेपछि गाई, भैँसीले आँखाबाट कचेरा निकाल्ने, सिङ्गान बगाउने तथा पशुको शरीरका विभिन्न भागमा विशेष गरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना, ठूला गिर्खा तथा फोका देखिन थालेको अवस्था रहेको देखिन्छ ।

कूनै ठोस उपचार नभएको यो रोग सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो । सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखा परेको थियो । हाल सिराहाको भौगोलीक बनावटले विकट मानिएको वस्तीहरुमा रोगको संक्रमण बढेको अवस्थामा केही दिन अगाडि वाडा अध्यक्ष अमित ठकुरीले पशुपन्छी बिकास साखावाट प्राविधिक टोली यस ठाउँमा पठाएको आवस्थामा पुन संक्रमण बढेपछि स्थानियको समस्यालाई समाधानको लागि पशु सेवा कार्यालय धनगढीमाईलाई उपचारका लागि पत्रचार गरेको अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤