विनोद मण्डल आषाढ ६ अमिल्टार । प्रचण्ड गर्मीको समयमा बजार माग बढिरहेको अवस्थामा कोल्ड ड्रिंक्स पिउँदा एक सिराहा बासीले आकर्षक उपहार हात पार्नु भएको छ । एग्रो थाई फुडर्स प्रा.लि द्वारा उत्पादित म्याक्स टाईगर इनर्जी ड्रिंक्स पिउँदा गोलबजार घर भएका सरद राजा शाहीले स्मार्ट मोबाइल फोन उपहार हात पार्नु भएको छ । संक्षिप्त कुराकानीमा शाहीले कोल्ड ड्रिंक्सको विर्को खोलेर हेर्दा आफूलाई उपहार परेको जानकारी प्रालिका एरिया म्यानेजर विक्रम हमाललाई स्थानिय व्यापारी मार्फत् गराए पछि एक औपचारिक कार्यक्रम स्थलमा गोलबजारमा उक्त उपहार प्रालिका तर्फबाट विक्रम हमालले हस्तान्तरण गर्नुभएको हो ।
प्रालिका एरिया म्यानेजरको पद सम्हाल्दै आएका विक्रम हमालको व्यक्तित्व छविका कारण सिरहा लगाएत बिभिन्न जिल्लाहरूमा यस ड्रिंक्सकाे माग बढिरहेको अवस्था रहेको देखिन्छ । एग्रो थाइ फुडर्स प्रा.लि.का एरिया सेल्स मेनेजर बिक्रम हमालले शाहिलाई हस्तान्तरण गरेको उपहारले बजारमा विश्वासको वातावरण सिर्जना भएको आम बुझाई रहेको छ । हमालले यस अघि पनि सिरहाको लहानमा एक औपचारिक कार्यक्रम आयोजना गरी प्रालिका तर्फबाट यसरी नै उपहार हस्तान्तरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved