ताजा समाचार

विद्यालयमा पोषण कर्नरको स्थापना

  • जेठ ३०, २०८०
  • १०९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हेम प्रसाद पासमान जेठ ३०। सिरहाको धनगढीमाई १२ को एक विद्यालयमा औपचारिक कार्यक्रमका बीच पोषण कर्नर राखिएको छ । सिरहाको श्री तुलसी राम सत्य भामा माध्यामिक विद्यालयमा एक औपचारिक कार्यक्रम गरी पोषण कर्नर स्थापना गरिएको हो । विद्यालयका प्रधानाध्यापक बलराम भक्त श्रेष्ठको अध्यक्षतामा भएकाे कार्यक्रममा पोषण सहजकर्ता प्रभा श्रेष्ठ, विद्यालयका शिक्षक निलु झा लगायतको उपस्थितिमा करिब ७८ जना सहभागिताका बीच कक्षा १० को कक्षा कोठामै उक्त कर्नर सञ्चालनमा आएको हो । आयोजक धनगढीमाई नगरपालिका रहेको उक्त कार्यक्रम नगरका दुई विद्यालयमा स्थापना गरिने बुझिएको छ ।

आफ्नो शुरुवातको पहिलो पटक यस विद्यालयमा स्थापना गरेकाे पोषण सहजकर्ता प्रभा श्रेष्ठले जानकारी गराउनु भएको छ । बहुक्षत्रिय पोषण कार्यक्रम अन्तर्गत संचालित उक्त कार्यले खानामा आवस्यक पौष्टिक तत्वको बारेमा विधार्थी लगायत सबैमा जानकारी पहुँचमा सहयोग पुग्ने देखिएको छ । राखिएको उक्त कर्नरमा सागसब्जी, नुन , गेडागुडी, माछा मासु, दाल, अन्न कन्दमूल , तरकारी लगायतको वस्तुहरू राखेर कक्षा कोठामै उक्त अवधारणालाई अगाडि सारिएको हो । कार्यक्रमबाट आफूहरुलाई फाइदा पुग्ने सहभागी एक विद्यार्थीले बताएका छन । नगरको दुई वटा विद्यालयमा मात्र सञ्चालन हुने उक्त कर्नरले सकारात्मक सन्देश प्रवाह हुने वुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤