पाेखरीमा दुबी नवलपरासीमा एककाे मृत्युु

  • जेठ २२, २०८०
  • ७८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/जेठ २२ । पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं १० नदवा स्थितमा रहेको श्री निवास केवटको माछा पोखरीमा पौडी खेल्ने क्रममा जिल्ला खोटाङ दिपरुङ गाउँपालिका वडा नं २ घर भई हाल रामग्राम नगरपालिका वडा नं १० स्थितको पेप्सी फ्याक्टीमा काम गर्ने लेखराज खत्रीको अन्दाजी ११ वर्षकी छाेरी युनिषा खत्री र अन्दाजी ७ वर्षकी मुना खत्री आज जेठ २२ गते ११:४० बजेकाे समयमा डुबी रहेको अवस्थामा देखी तत्काल निजहरु दुबै जनालाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पताल परासी ल्याएकोमा अस्पतालले ११:५५ बजेकाे समयमा युनिषा खत्रीको मृत्यु भएकाे घोषण गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी नायब निरिक्षक भाेजराज पाण्डेले जानकारी दिनुभयाे ।

मुना खत्रीको अवस्था सिरियस रहेकोले सामान्य उपचार पश्चात थप उपचारक लागी भैरहवा मेडिकल कलेज रुपन्देही पठाएको नवलपरासी प्रहरीले जनाएको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक किशोर आचार्यको कमाण्डमा सहित ७ जनाको टोली खटि गै थप अनुसन्धान कार्य भई रहेको सुचना अधिकारी पाण्डेले बताउनुभयाे । उक्त स्थान जिल्ला प्रहरी कार्यालयबाट ३ कि.मि. पश्चिम तिर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तुको सिमाक्षे ...

कपिलवस्तुको जिल्लाकाे विजयनगर गां पा गणेशपुर सिमा क्षेत्र हुँदै नेपालमा खसीको तस्करी बढेको छ समयमा व ...

कृष्णानगरमा बहादुरगं ...

कपिलवस्तु , मंसिर १९ । नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित बहादुरगञ्ज आँखा अस्पतालले कृष्णनगर नगर ...

लहानमा चारदिने तालिम ...

रहमुल लहान, १९ मंसिर । व्यवस्थापनमा जलवायु सहनशीलता एकीकृत गर्ने उद्देश्यले लहानमा चारदिने तालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१