Siraha Times
ताजा समाचार

पाेखरीमा दुबी नवलपरासीमा एककाे मृत्युु

  • जेठ २२, २०८०
  • ९४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/जेठ २२ । पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं १० नदवा स्थितमा रहेको श्री निवास केवटको माछा पोखरीमा पौडी खेल्ने क्रममा जिल्ला खोटाङ दिपरुङ गाउँपालिका वडा नं २ घर भई हाल रामग्राम नगरपालिका वडा नं १० स्थितको पेप्सी फ्याक्टीमा काम गर्ने लेखराज खत्रीको अन्दाजी ११ वर्षकी छाेरी युनिषा खत्री र अन्दाजी ७ वर्षकी मुना खत्री आज जेठ २२ गते ११:४० बजेकाे समयमा डुबी रहेको अवस्थामा देखी तत्काल निजहरु दुबै जनालाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पताल परासी ल्याएकोमा अस्पतालले ११:५५ बजेकाे समयमा युनिषा खत्रीको मृत्यु भएकाे घोषण गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी नायब निरिक्षक भाेजराज पाण्डेले जानकारी दिनुभयाे ।

मुना खत्रीको अवस्था सिरियस रहेकोले सामान्य उपचार पश्चात थप उपचारक लागी भैरहवा मेडिकल कलेज रुपन्देही पठाएको नवलपरासी प्रहरीले जनाएको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक किशोर आचार्यको कमाण्डमा सहित ७ जनाको टोली खटि गै थप अनुसन्धान कार्य भई रहेको सुचना अधिकारी पाण्डेले बताउनुभयाे । उक्त स्थान जिल्ला प्रहरी कार्यालयबाट ३ कि.मि. पश्चिम तिर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

उठिबासको त्रासमा लहा ...

रहमुल, लहान, ३१ साउन । लहान नगरपालिका–३ स्थित विहारपुर टोलका स्थानीयवासी पछिल्लो समय घरजग्गा ख ...

लहान प्रादेशिक अस्पत ...

रहमुल, लहान, ३१ साउन । रा. उ.प्रादेशिक अस्पताल लहानका व्यवस्थापन समिति अध्यक्ष रामनारायण मेहताले अस् ...

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१