ताजा समाचार

विद्यालय प्रशासनले माफी मागेपछि आपसी विवाद समाधान

  • वैशाख ३१, २०८०
  • ९३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल वैशाख ३१ । सिराहा जिल्लाको धनगढी माईको वाडा नंबर १० जिरोमाईल बजारको उत्तर बाटोको पक्षिम्म स्थित रहेकाे बुद्ध मेमोरियल बोर्डिङ स्कूलमा एक विद्यार्थीलाई विद्यालयका फाउण्डर गंगा तिमल्सिनाका छोरा क्षितिज मोक्तानले पिठ्युँमा निलडाम उठनेगरी पिटेका विषयको विवाद समाधान भएको छ । धनगढीमाई १३ भाल्टार घर भई उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत १३ वर्षिय बालक निशान्त राईलाई त्यहाँ कार्यरत शिक्षक क्षितिज मोक्तानले निलडाम हुनेगरी पिटेको घटना आज आपसी छलफल पछि समाधान भएको हो । ईलाका प्रहरी कार्यालय धनगढीमाई सिरहामा बसेको बैठकले बिद्यार्थी पिट्ने शिक्षकलाई ६ महिना सम्म पढाउनु नमिल्ने गरी संस्पेन गरिएको छ भने घाईते बच्चाको उपचार गराउनु पर्ने र आज देखि कुनै पनि विद्यार्थीमाथि यस्तो व्यवहार हुने छैन भनी माफी मगाएपछि विवाद समाधान भएको थियो ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤