विद्यालय प्रशासनले माफी मागेपछि आपसी विवाद समाधान

  • वैशाख ३१, २०८०
  • ७८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल वैशाख ३१ । सिराहा जिल्लाको धनगढी माईको वाडा नंबर १० जिरोमाईल बजारको उत्तर बाटोको पक्षिम्म स्थित रहेकाे बुद्ध मेमोरियल बोर्डिङ स्कूलमा एक विद्यार्थीलाई विद्यालयका फाउण्डर गंगा तिमल्सिनाका छोरा क्षितिज मोक्तानले पिठ्युँमा निलडाम उठनेगरी पिटेका विषयको विवाद समाधान भएको छ । धनगढीमाई १३ भाल्टार घर भई उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत १३ वर्षिय बालक निशान्त राईलाई त्यहाँ कार्यरत शिक्षक क्षितिज मोक्तानले निलडाम हुनेगरी पिटेको घटना आज आपसी छलफल पछि समाधान भएको हो । ईलाका प्रहरी कार्यालय धनगढीमाई सिरहामा बसेको बैठकले बिद्यार्थी पिट्ने शिक्षकलाई ६ महिना सम्म पढाउनु नमिल्ने गरी संस्पेन गरिएको छ भने घाईते बच्चाको उपचार गराउनु पर्ने र आज देखि कुनै पनि विद्यार्थीमाथि यस्तो व्यवहार हुने छैन भनी माफी मगाएपछि विवाद समाधान भएको थियो ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तुको सिमाक्षे ...

कपिलवस्तुको जिल्लाकाे विजयनगर गां पा गणेशपुर सिमा क्षेत्र हुँदै नेपालमा खसीको तस्करी बढेको छ समयमा व ...

कृष्णानगरमा बहादुरगं ...

कपिलवस्तु , मंसिर १९ । नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित बहादुरगञ्ज आँखा अस्पतालले कृष्णनगर नगर ...

लहानमा चारदिने तालिम ...

रहमुल लहान, १९ मंसिर । व्यवस्थापनमा जलवायु सहनशीलता एकीकृत गर्ने उद्देश्यले लहानमा चारदिने तालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१