दुईवटा वटा बाईक एकआपसमा ठोकिदा दुई घाइते एकको चालक बाईक लिएर फरार

  • वैशाख ८, २०८०
  • ८५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिहीबार ०७ बैशाख लहान सिरहा गुरुदेव अधिकारी दुईवटा बाईक एक आपसमा ठक्कर दिई २ घाइते भएका छन् भने ७७३१ नम्बरको बाईक को चालक मोटरसाइकल लिई फरार भएका छन् । सिरहाको लहान ठाडी सडक खण्ड अन्तर्गत परियारपुर चौक देखि ठिक दक्षिण पट्टी मोटर साइकल एकापसमा ठोकिएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । साँझ करिब ७ : ३० बजे लहानबाट ठाडी तर्फ जाँदै गरेको स ९ प ४३११ नम्बरको मोटरसाइकल र लहान तर्फ आउँदै गरेको ७७३१ नम्बरको मोटरसाइकल एकापसमा जुधिदा ४३११ नम्बरको गाडीमा सवार १ जना युवक सखुवानन्कारकट्टी ५ का अन्दाजी वर्ष २१ को अमित यादज गम्भीर घाइते छन् ।

भने ७७३१ नम्बरको गाडीमा सवार लहान नगर पालिका २ घर भएका अन्दाजी वर्ष २२ को युवक घटनामा परी घाइते भएका छन । दुबै जना घाइतेलाई जेम्स पब्लिक हस्पिटल खैरबोना मा उपचार भइरहेको छ । प्रत्यक्ष दर्शिका अनुसार एक बाइकमा १ जना र एक मा २ जना सवार थिए । दुई जना सवार रहेको ७७३१ नम्बरको बाईक चालक बाईक लिएर फरार भएका छन् । लहान ठाडी सडक खण्ड दिनप्रतिदिन दुर्घटना ग्रस्त बन्दै सरोकारवाला मौन एक सता नबित्दै करिब ४ किलोमिटर भित्रमा तीन गम्भीर घटना घटनामा १ को मृत्यु ९ घाइते भइसकेको प्रस्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकामा “Nu ...

ओम प्रकाश यादव लहान,चैत ९ । लहान नगरपालिकामा “Nutrition For Life (N4L)” अर्थात् “ज ...

सप्तरीमा होस्टेलभित् ...

रहमुल, लहान ९ चैत । सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर स्थित फुलेश्वर बोडिङ स्कुलको होस्टेलमा बस्दै ...

सप्तरीमा नाबालिग दलि ...

रहमुल, लहान ९ चैत ।  सप्तरीको सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरमा एक १४ वर्षीया दलित बालिका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१