किशोरी, अभिभावक सम्मेलन कृष्णनगरमा सम्पन्न

  • वैशाख ८, २०८०
  • ८०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, बैशाख ८ पालिका स्तरीय किशोरी अधिकार मंच कृष्णनगर कपिलवस्तुको आयोजना , ओरेकको सहयोगमा किशोरी, अभिभावक सम्मेलन कृष्णनगरमा सम्पन्न भएको छ। कृष्णनगर पालिका स्तरीय किशोरी अधिकार मंचकी अध्यक्ष रूपा कश्यपको अध्यक्षता,प्रमुख अतिथीमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह , विशिष्ट अतिथिमा नगर उप प्रमुख आरती देवी चौधरी रहनु भएको थियो। कृष्णनगर पालिका स्तरीय किशोरी अधिकार मंचकी सदस्य वविता चौहानले कार्यक्रममा स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रममा अभिभावक तथा सरोकारवाला निकाय हरूले किशोरी हरूको अभियानको बारेमा जानकारी पाई किशोरी लाई सहयोग गर्ने वातावरण तयार हुने तथा किशोरी हरूको मुद्दा लाई प्राथमिकता, लगानी वृद्धिका लागि स्थानीय सरोकारवाला हरूलाई सम्वेदनशील बनाउन वातावरण सृजना जस्ता प्रमुख उद्देश्य राखि कार्यक्रम संचालन गरिएको पार्वती चौधरीले प्रकाश पार्नुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले किशोरी हरूलाई दक्ष बनाउन बिभिन्न प्रकारको सिपमूलक कार्यक्रम नगरपालिकाले संचालन गर्दै आएको, खुला दिशा मुक्त क्षेत्र नभएमा महिला हिंसा हूने सम्भावना रहने, महिला तथा बालबालिका हिंसा रोक्न नगरपालिका सधै अगाडि रहने बताए। कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले बाल विवाह बिरूद्धको रणनीति कार्ययोजना कार्यपालिका बाट पास भैसकेको बताउदै किशोरी अधिकार मंच कृष्णनगर लाई पालिका संग समान्वय गरि किशोरी तथा बालबालिका क्षेत्रमा योगदान दिन आग्रह गर्नुभयो।

किशोरी अधिकार मंचले बालविवाह बिरूद्धको ध्यानाकर्षण पत्र र १३ बुदे मागपत्र पढेर नगर प्रमुख तथा उप प्रमुख लाई हस्तान्तरण गरिएको थियो। किशोरी अधिकार मंचले नगरपालिका लाई सम्मान पत्र समेत प्रदान गरेको थियो। समाजका हानिकारक परम्परा निवारण, बालविवाह विरूद्धको अभियानमा राम्रो योगदान दिएका ११ जना किशोरी सदस्य हरूलाई सम्मान पत्र प्रदान गरिएको थियो। नगरपालिका प्रमुख तथा उप प्रमुख लाई किशोरी अधिकार मंचको उद्देश्य, लक्ष्य तथा रणनीतिक कार्ययोजना अभियान बारेमा ओरेक नेपालकी सुष्मा आचार्यले ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभयो। किशोरी अधिकार मंचकी सदस्य गुड़िया यादवले कार्यक्रम संचाल गरेकी थिइन।

प्रतिक्रिया दिनुहोस

सखुवामा ८५औँ रामनवमी ...

रहमुल, लहान, १९ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित सखुवा गाउँमा ८५औँ रामनवमी ...

​​कमला कञ्चनपुर सडक ...

विनोद अविरल,​चैत १९, सिराहा । ​पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कमला–कञ्चनपुर सडकखण्ड वि ...

कलैया बरियारपुर सडकम ...

रंजित चौरसिया, वीरगंज १९ चैत । बारा जिल्लाको कलैया–बरियारपुर सडक खण्डस्थित अस्थायी ट्राफिक पोष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१