सामाजिक सञ्जालको दुरुपयोग,न्याय खोज्दै थामी

  • वैशाख ४, २०८०
  • ६५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वैशाख ३ दोलखा । समाजमा आधुनिकतासँगै सामाजिक सञ्जालको दुरुपयोग बढेको देखिन्छ । आफ्ना परिवारको उज्वल भविष्य कोर्नका लागि अहोरात्र खाडी मुलुकमा पसिना बगाउँदै आएका भीम कुमार थामीको जीवनमा बज्रपात भएको छ । दोलखा बिगु ८ खोपाचागुका थामी बैदेशीक रोजगारीको लागि मुलुक बाहिर भएको बखत उनको श्रीमतीलाई स्थानिय एक युवाले प्रलोभनमा पारी थामीको घरपरिवार बिगारेका छन् । वैदेशिक रोजगारीमा रहेका थामीको श्रीमतीलाई अनेकन प्रलोभन देखाई थामीले विदेशबाट पठाएको पैसा कुम्ल्याएको छ । दोलखा विगु गाउँपालिका वडा नं ८ स्थायी घर भएका सेते कामीको नाती मन्जितको छोरा कुमार थामीले यस वडाका तिर्थ कुमारी थामीलाई सामाजिक संजाल दुरुपयोग गर्दै घरबार बिगारेको तथ्य बाहिर आएको छ । स्थानिय स्तरमा सम्झाउँदा बुझाउँदा नमान्ने उनी विरुद्ध उचित न्यायको लागि स्थानिय क्लबमार्फत कानूनी प्रकृयाको अघि बढ्ने बताएका पीडितले थप कानूनी प्रक्रियाको लागि सम्बन्धित निकायमा जाने बताएका छन ।

प्रतिक्रिया दिनुहोस

(एल.एल.बी) प्रवेश पर ...

विष्णुदेव सरदार / सिराहा, असार ४ गते । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सप्तरीको महेन्द्र ...

लहान वडा नं. ९ को नय ...

ओम प्रकाश यादव लहान, असार ४ । हिजो लहान नगरपालिका वडा नं. ९ मा निर्माणाधीन वडा कार्यालय भवनको छत ढला ...

आफ्नै शरीर र प्रजनन् ...

संजु कुमारी दास, लाहान, असार ३।  गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१