चैत २९ बुधबार लहान सिरहा गुरुदेब अधिकारी मधेस प्रदेश सिरहा जिल्लाको लहान नगर पालिकामा रहेको प्रख्यात सलहेश फुलबारी सिरहाको लहान नगर पालिका सिस्वानी गाउँमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल सलहेश फुलबारी करिब नौ बिघामा फैलिएको फुलबारी पासवान जातीका इष्ट देवता राजा सलहेश को मन्दिर मुर्ति फुलबारीको रुपमा प्रसिद्ध रहेको छ । फुलबारी को मध्य भागमा रहेका हराम नाउँको रुखको हाँगामा प्रत्येक नयाँ बर्ष बैशाख १ पहिलो दिन एकबिहानै एकदिनका लागि माला अकारको सेतो फुल फुल्ने गर्छन् भने साँझपख फुल मौलाएर जान्छन् । हराम को रुख नजिकै अमरपति राजा सलहेश तथा प्रेमी मालिनीको मन्दिर ( गहबर ) पनि रहेको छ । गहबरमा सलहेश र मालिनी को भव्य मुर्ति समेत रहेको छ ।

सलहेश गहबरमा प्रेम भक्तीले पुजा पाठ गर्दा निसन्तान महिलालाई सन्तान हुने धार्मिक विश्वास पनि रहेका छ । सलहेश गाथामा वर्णन गरिए अनुसार राजा सलहेशले एकै दिनमा सिरहा कै लहान नगर पालिका मा रहेको मानिकदहमा स्नान फुलबारी मा फुल टिप्ने सिलहट अखाडा मा कुस्ती खेल्ने तथा कुलदेवीका पुजा गरि कञ्चनगढमा जनता का पिरमार्का सुन्ने गर्थें राजा सलहेशको जीवन सँग जोडिएका ऐतिहासिक ठाउँहरुमा सिरहा जिल्ला को जनजिवन सँग गहिरो समबन्ध राखिएको छ । राजा सलहेश र मालिनी को बिच प्रेमगाथामा अधारित सलहेश फुलबारी भव्य मेलामा बिषेशगरी भारत पश्चिम बंगाल र नेपाल को सिरहा , सप्तरी लगायत ईत्यादी जिल्लाहरु बाट लाखौं का संख्यामा भक्तजनहरु आउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved