ताजा समाचार

चट्याङ लागेर चालकको मृत्यु

  • चैत १७, २०७९
  • १४७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल चैत्र १७ । मौसम बदलावसंगै आज दिँउसो आएको हावा हुण्डरी र वर्षाका कारण परेको चट्याङ लागेर सिरहाको मिर्चैयामा एक ट्रक चालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको उत्तरी छेऊमा रहेको सौर्य सिमेन्ट इन्डिस्ट्रिजमा सिमेन्ट लिन आएको ना ५ ख ३७२१ नम्बरको ट्रक चालकको चट्याङ लागेर मृत्यु भएको हो । मधेश प्रदेशको रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका– ८ अलटुकीका ४३ वर्षीय नेत्रकुमार गौतम चट्याङ लागेर गम्भीर घाइते भएपछि उनलाई उपचारको लागि स्थानिय फूल कुमारी मेमोरियल अस्पताल लादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤