लहानमा चैतनवमी चैतीदुर्गा मेलाको रौनक अबदेखि मेला थपव्यवस्थित हुनेमा जोड

  • चैत १६, २०७९
  • १०२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , १६ चैत । सिराहाको लहान नगरपालिका वडा नम्बर -४ मा चैतनवमी चैती दुर्गा मेलाको रौनक बढेको छ । चैत शुक्ल नवमी अर्थात चैत नवमीको अवसरमा बुधबारदेखि शुक्रबारसम्म बिहानैदेखि लहान -४ पण्डित ( कुमहाल ) टोलमा पर्ने दुर्गा मन्दिरमा बिहानैदेखि पुजाआजा गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो बढ्दै गइरहेको छ । चैत नवमी मेलामा सहभागी हुन सिराहा तथा छिमेकी जिल्ला सप्तरी तथा अन्यअन्य ठाउँबाट हजारौं हजारौंको सङ्ख्यामा श्रद्धालुहरु लहान आएका छन् । त्रेता युगमा आजकै दिन अयोघ्यामा मर्यादा पुरुषोत्तम भगवान रामको जन्म भएको पौराणिक ग्रहन्थमा उल्लेख गरिएको छ।

Open photo

आजको दिन देशभरि राम भगवान र शक्ति रुपा माता दुर्गाको स्मृतिमा पवित्र नदी, ताल कुण्डहरुमा स्नानध्यान गरि भगवान राम तथा देवी दुर्गाको पुजाआराधना गरि रातभरि भजन कीर्तन र जाग्राम बस्ने परम्परा रही आएको छ । यो पर्व चैती नवरात्रीको बीचमै परेकाले आजको दिन भगवान रामको साथै शक्ति नव दुर्गा देवीको समेत पुजा गरिन्छ । यो सँगै लहान नगरपालिका वडा नम्बर ४ का दोस्रो कार्यकालका वडा अध्यक्ष रामनाथ पण्डितका अनुसार - लहानमा यो चैत नवमी दुर्गा मेला २०६७ सालदेखि हालसम्म बडो धुमधामका साथ मनाउँदै आएको बताउँछन्। देवी माता दुर्गाको शक्ति अपरम्पार भएकाले प्रत्येक वर्ष हजारौं हजारौंको सङ्ख्यामा मेला भर्नेहरुको घुइँचो बढ्दै गइरहेको बताए ।

Open photo

मन्दिरस्थल सफासुग्घर व्यवस्थित बन्दै गएपछि प्रत्येक वर्ष दर्शनार्थीहरुको दिनप्रतिदिन सङ्ख्यामा वृद्ध हुदै गएको मन्दिरका पुजारी योगेन्द्र पण्डित बताउँछन् । आउनेदिनमा मेलालाई थप आकर्षक बढाउन साँस्कृतिक कार्यक्रम , रामझुला, स्टल, विभिन्न प्रदर्शनी गरिदै आएको र आउने दिनमा अझबढी प्रयत्नशील भइरहेको दुर्गा मेला समितिका मेला अध्यक्ष रामविलास पण्डित बताउँछन् । दुर्गा मन्दिर परिसरमा हाल दुर्गा मन्दिर , शनि मन्दिर ( श्याम साह ) भोरेभोर , वैष्णवी काली मन्दिर जयकाली इटा भट्टा ( रामसुन्दर चौधरी ) र श्री गणेश मन्दिर ( शिवजी गुप्ता ) ले बनाई दिइएको मेला समितिका कोषाध्यक्ष मिठु सहनीले बताए ।

चैती दुर्गा मेला विगतदेखि हालसम्म सक्दो भव्यरुपमै गइरहेको र यसलाई अझ थप उर्जावान बनाउन विभिन्न तह र तकथाबाट उठन जरुरी रहेको स्थानीयहरु बताउँछन् । स्थानीय , प्रदेश संघिय सरकारसमेत उदगम लहानलाई नमुना लहान बनाउनमा जोड दिनु पर्ने मेला समितिका सचिव विष्णुदेव गुप्ता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

लहानमा EV को ठक्करबा ...

ओम प्रकाश यादव, लहान असोज १५ । आज बिहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। लहान नगरपा ...

लहान–५ की अपांग नावा ...

रहमुल लहान १३ । लहान–५ की एक अपांग नावालिकमाथि जबरजस्ती करणी भएको आरोप सार्वजनिक भएपछि घटनाले ...

औरहीमा छैठौं APL क्र ...

रहमुल लहान असोज १३ । “आत्मनिर्भर र खेलमैत्री समाज निर्माण” भन्ने मूल नाराका सा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१