ताजा समाचार

अस्पतालको चरम लापरवाही परिसरमा ज्यान त्याग्दै एक ब्यक्ति

  • मंसिर ११, २०७९
  • ९६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर ११ । पछिम नवलपरासीको सदरमुकाम परासीको बुद्ध चोकमा रहेको जिल्लाकै एक मात्र पुरानो सरकारी अस्पताल परिसरमा एक व्यक्तिले उपचारको अभावमा आफ्ना जीवन त्यागेका हुन । परासीको पृथ्वीचन्द्र अस्पतालको परिसरमा एक अपरचित ब्यक्ति हिजो दिउँसो करीब ११ बजे अस्पतालको पेटीमा बिरामी भई उपचारको आशमा आएर सुते तर उपचार नपाएपछि उनी जीवनसँग लगभग ४:३० साझसम्म बाँच्नका निम्ति संघर्ष गर्दै थिए । मानवीयता हराएका अस्पतालमा कुनै उपचार नपाएका ती व्यक्तिले अस्पतालको परिसर भित्रको पेटिमै उनले आफ्ना सास बन्द गर्नु पर्यो । यसरी अस्पतालको परिसरमा आम मानिसले पैसाको अभावमा आफ्ना प्राणको आहुति दिइरहँदा नेपाल सरकार दर्शक बनिरहनु चिन्ताको विषय बनेको छ । आफूलाई जनताको हिमायती भनाउनेहरु कुन निन्द्रामा सुतिरहेका होलान् ? जहाँ उपचार गरिन्छ त्यहाँ आम मानिसले उपचारको अभावमा तड्पी तड्पी प्राण त्याग्नु पर्ने कस्तो बाध्यता ? घटनाको सत्य तथ्य बाहिर ल्याउन जरुरी एकातिर छ भने अर्कोतिर अस्पताल प्रशासनलाई पनि कानुनी दायरामा ल्याउन जरुरी देखिन्छ । श्रोत समाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस

कटहरियामा रक्तदान अभ ...

आरके श्रीवास्तव,रौतहट,१४ कार्तिक । मधेस रेडियो श्रोता संघको आयोजनामा रौतहटको कटहरियामा एक भव्य रक्तद ...

सिरहामा दशौँ राष्ट्र ...

ओम प्रकाश यादव, लहान कार्तिक १५ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, खेली मधेस, ...

सप्तरीको सुरुङ्गा कृ ...

ओम प्रकाश यादव, लहान कार्तिक १४ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.७ हरिपुरस्थित श्री सुरुङ्गा कृषि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤