ताजा समाचार

जगरनाथपुर गाउँपालिका अध्यक्ष,यादवद्वारा शिव मंदिरको उदघाटन

  • असोज १२, २०७९
  • ९५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा १३ असोज पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं ३ बिजबनिया गाउँमा रहेको शिव मंदिरको उदघाटन गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले गरेका छन। बिजबनिया गाउँमा नवनिर्मित शिव मंदिरको उदघाटन एक कार्यक्रमका बिच बिधवतरुपमा पुजापाठ गरि गाउँपालिकाको अध्यक्ष यादवले गरेका छन । शिव मंदिरमा लिंग,स्थापनाको साथै बसहाको पनि स्थापना गरिएको थियो। नेपाली काँग्रेस क्षेत्र नं ४ (क) बाट निर्वाचित प्रदेश साँसद शंकर प्रसाद चौधरीको संसदिय कोषबाट ५ लाखको लागतमा निर्माण भएको मन्जय गिरी ले जनाएका छन। नवनिर्मित शिव मंदिर उदघाटन कार्यक्रममा उपाध्यक्ष बबिता सिंह क्षेत्री,वडा अध्यक्ष सुबास यादव,जानकिटोलाको पुर्व गाबिस अध्यक्ष झकड मियाँ , क्षेत्रिय सचिव बलिस्टर अहम्द, स्थानिय शंकर यादव, पहलाद राम, सोवालाल साह, लक्षमी यादव , लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤