Siraha Times
ताजा समाचार

राष्ट्रपति ज्यु तपाईं राजिनामा दिनुस,वाईसिएल पर्सा ईन्चार्ज-सन्तोष पटेल

  • असोज ६, २०७९
  • ९९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा ६ असोज दुई/दुई पटक दुवै सभाबाट पारित नागरिकता विद्येयक प्रमाणिकरण नगरेको भन्दै वीरगञ्जमा राष्ट्रपति विद्या देवी भण्डारीको राजीनामा माग गरिएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ् कम्युनिष्ट लिग (वाईसिएल) नेपाल पर्साले राष्ट्रपति भण्डारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको हो वाईसिएल पर्साका संयोजक दिपेन्द्र सिंह पटेलको अध्यक्षतामा वीरगञ्जको घण्टाघरमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै वाईसिएल नेपालका केन्द्रीय सदस्य एवम् पर्सा जिल्ला ईन्चार्ज सन्तोष पटेलले संविधानको रक्षा गर्नेले नै उलंघन गरेको बताए । लाखौ नागरिकलाई अनागरिक बनाएर गैरकानुनी कदम चाल्ने राष्ट्रपति भण्डारीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने पटेलको भनाई छ । विरोध प्रदर्शनमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन मधेश प्रदेशका सचिव विवेक शाह, विद्याला यादव, महेश पटेल लगायतले सम्बोधन गर्दै भण्डारीको राजीनामा माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

जन्माष्टमीको अवसरमा ...

शियाराम यादव ,भदौ-२०  । श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर यादव सेवा समाज दोहा, कतारको नयाँ ...

लहान १५ मा ‘घर–घरको ...

ओम प्रकाश यादव लहान, भदौ २० । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता ...

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान, भदौ १९ । रसुवामा आएको विनाशकारी बाढीमा आफ्ना नागरिक गुमाएको पीडामा रहेको सप्तरी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१