पर्साको बिरगंजमा तेली समुदायको महाकुम्भ, शिक्षामा जोड दिनु पर्ने: अर्थ मन्त्री साह

  • असोज ५, २०७९
  • ७१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरगंज ५ असोज मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह तेलीले देशका सात वटै प्रदेश मध्ये मधेस प्रदेश, अझै पनि सबै भन्दा पछाडि परेको बताएका छन् । वीरगन्जमा बुधबार देखि शुरु तेली कल्याण समाजको तेश्रो केन्द्रिय महाधिवेशनको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै मन्त्री साहले विकासको हरेक सुचांकमा मधेस प्रदेश पछाडि परेको बताए । उनले भने "शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार लगायत सबै क्षेत्रमा मधेस पछाडि परेको छ" त्यसैले शिक्षामा सबै भन्दा पहिले फड्को मार्नु पर्छ । मन्त्री साहले शिक्षा बेगर विकास सम्भव नभएकाले सबै भन्दा बढि शिक्षामा जोड दिनु पर्ने बताए । उनले तेली जातिको सशक्तिकरणका लागि पनि पहिलो आवश्यकता शिक्षा नै भएको बताए । तेली लगायतका बैश्य जातिहरुको विकासका लागि भारतमा ओबीसीको जस्तै नेपालमा पनि हरेक क्षेत्रमा आरक्षणको व्यवस्था हुनु पर्नेमा जोड दिए ।

ओबिसीको राजनीतिक पहुच अब सिंहदरबार सम्म पुरयाउनका लागि तेली कल्याण समाजले भुम्ीका खेल्नु पर्ने पनि उनले बताए । वीरगन्जमा आयोजित महाधिवेशनमा तेली जातिको विशाल सहभागीताले देशभरमा तेली जाति एकजुट छन् भन्ने सन्देश दिएको पनि उनले बताए । उनले भने "तेली जातिलाइ राष्ट्रिय पहिचान दिलाउन यो महाधिवेशन सफल भएकोे छ" अब हाम्रो जातिकोे पहुच र सहभागीता मधेस सरकारमा मात्र नभइ सिंहदरबारमा पनि पुरयाउनु पर्छ । वीरगन्जको घण्टाघर स्थित पार्कमा तेली कल्याण समाजका केन्द्रिय अध्ध्यक्ष शैलेन्द्र साहको अध्यक्षतामा आयोजित महाधिवेशनको उद्घाटन समारोहलाइ संघीय सांसद प्रमोद साह, भारत बिहारका विधाननसभा सदस्य लालबाबु प्रसाद, संविधानसभा सदस्य आत्मराम साह, मधेस प्रदेशका प्रदेशसभा सदस्यहरु राजेश्वर साह तेली, पारस साह तेली, दिलिप साह लगायतले पनि सम्बोधन गरेका तेलि समाज पर्सा प्रवक्ता शिव कुमार साहले बताए । बुधबार नै बेलुकी देखि नगरसभागृहमा बन्दसत्र शुरु हुने र बन्द सत्रबाट समाजको नयाँ नेतृत्व चयन पनि गरिने समाजका पर्सा अध्यक्ष धु्रुब साह तेलीले जानकारी दिए । महाधिवेशनमा देशभरका जिल्लाबाट तेली जातिका करिब २५ हजार प्रतिनिधी सहभागी भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस

जनभावना बचत तथा ऋण स ...

लहान कात्तिक २१। जनभावना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धनगढीमाई नगरपालिका वडा नम्बर १ सिरहाद्वार ...

राष्ट्रिय राजनीति र ...

लहान, २१ कार्तिक । लामो समयसम्म कम्युनिष्ट धारभित्र रहेर राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाह ग ...

जसपा नेपाल छोडेका सब ...

काठमाडौं २१, कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१