शशी कुमार मण्डल सिरहा, २७ । चाड पर्वलाई लक्षित गर्दै सिरहाको नेपाल भारत सिमावर्ती क्षेत्रमा थप सुरक्षा व्यवस्था कडा बनाउन गणपति रमेश कुमार थापाको निर्देशन लगतै सशस्त्र प्रहरी भारीमात्रामा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.सिरहाका गणपति सशस्त्र प्रहरी उपरिक्षक रमेश कुमार थापाको निर्देशनमा सशस्त्र प्रहरीले सिरहाको सिरहा नगरपालिका–६ वसविट्टाको कमला किनारबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । भारतबाट नेपाल ल्याउदै गरेको विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.सिरहाबाट खटिएको टोलीले बरामद गरेको हो ।
धनुषा–सिरहाको सिमानामा पर्ने कमला नदी हुँदै सिरहाको वसविट्टासम्म पटाका लिएर पुगेकाले सशस्त्र प्रहरीलाई देखेपछि पटाका छाडेर फरार भएको सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.सिरहाले जानकारी दिए । बरामद भएको पटाका अन्दाजी करीब रु दुई लाख मूल्य बराबरको रहेको र त्यसलाई सिरहा नगरपालिका सिरहा वडा नं १का वडा अध्यक्ष महेश यादव समाजसेवि,नागरिकसमाज, नेपाल प्रहरी,पत्रकारको रोहबरमा सशस्त्र प्रहरीले खाल्डोमा पुरेर नष्ट गरिएको हो । सिरहा को सशस्त्र प्रहरीले चाडपर्वको मुखमा विभिन्न घटनाबाट बच्न सबै सरोकारवाला निकायलाई सजग गराउँदै सर्तकता अपनाउन आग्रह गर्दै सीमा अपराध नियन्त्रणका लागि भारतीय ‘काउण्टर पार्ट्स’सँगको समन्वय र सहकार्यलाई पनि महत्व दिएको सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.सिरहाका गणपति सशस्त्र प्रहरी उपरिक्षक रमेश कुमार थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
मोटरसाइकल चालकलाई ट्राफिक सचेतना प्रशिक्षण : "सयौं सेकेन्ड बचाउन होइन, आफ्नो र अरूको जीवन जोगाऔं" अभियान सञ्चालन
स्वास्थ्य केन्द्रमै सर्पदंशबाट बालकको मृत्युपछि सर्वदलीय सहमति: परिवारलाई रु २ लाख ५१ हजार राहत, अस्पताल सुधारदेखि उजुरी नगर्ने बुँद
जिल्ला टेन्ट साउण्ड व्यवसाय संघ सिरहाको प्रथम अधिवेशन सम्पन्न, व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन एकतामा जोड
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic