Siraha Times
ताजा समाचार

भारी बर्षाका कारण लहानका बिभिन्न ठाउ जलमग्न

  • भदौ १६, २०७९
  • १२३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भाद्र १६ लहान - राति देखि जारि बर्षाले लहान जलमग्न भएको छ। लगातारको बर्षाले लहान -१ मा भवरा नहरको पानी बस्तीबाट बग्न थालेको छ । राती भएको वर्षाले बाढीको कहर बढेको छ । भबरा नहरको बाँध प्रत्येक वर्ष भत्किने गरेकोले यसको स्थायी समस्या समाधान हुनुपर्ने स्थानीयहरको माग छ । दिलिप सिंह सुनुवार,प्रतिमा यादव,उमेश यादव लगायत एक दर्जनभन्दा बढीलाई घरबाट बाहिर आउन समस्या भएको छ । लहान नगरप्रमुख महेश प्रसाद चौधरीले पटक-पटक निरिक्षण गरी समस्या समाधानको लागि अस्थायी पहल गर्नु भएको थियो। सुख्खा समयमा दीर्घकालिन समस्या समाधानको लागि आस्वासन दिए पनि अहिले बर्खाको समयमा भबरा नहरको बाँध भत्किएर स्थानीय घर भित्रै थुनिएको छ। यसै बीच लगातारको बर्षाले पानि निकासीको उचित व्यवस्थापन नहुँदा लहानको शहिद चौक,पशुपति माविको खेल मैदान , कृषि विकाश बैंक अगाडिको मुख्य सडक,ईलाका प्रहरी कार्यलय , लहान नगरपालिकाको कृषि विकाश शाखा र पशु शाखा ,सनराइज बैंक अगाडिको सडक ,पुरानो नगरपालिका कार्यलयको रोड लगायतका सडक तथा कार्यलयहरु जलमग्न भएको छ। 

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१