ताजा समाचार

नागरिकता विधेयक फिर्तासँगै आन्दोलनका स्वरुपहरु सडकमा

  • साउन ३१, २०७९
  • ७८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल लहान, ३१ साउन । नेपाली राजनीतिक इतिहासमा जनताका आवश्यकता,अधिकार, स्रोत साधन र राज्य सत्तामा पहुँचबाट राज्यले बंचितको नीति अघि बढाएपछि पीडित जनता सडक संघर्षमा आफनो अधिकार प्राप्तिको कानुनी आधारहरू खोजदै सडक तताएको ईतिहास भेटिन्छ । सडकमा लडाई लडिरहेको आम जनताले आफ्नो अस्तित्व खोज्ने क्रममा मधेशी, दलित, जनजाती पिछडावर्ग संघर्षमा रहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउँनुभयो । नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएकोमा आपत्ति जनाउँदै फिर्ता पठाउँदैमा विधेयक निष्कृय नहुने दावी गर्नु भएको छ । पिछडा वर्गको कार्यक्रमलाई जनकपुरमा सम्बोधन गर्दै नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपति बिदा देवी भण्डारी ले असंवैधानिक काम गरेको भन्दै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर पुनः विधेयक रास्ट्पतिसमक्ष पठाउने प्रतिबद्धता जनाएका छन् ।

सभामा बोक्दै अध्यक्ष यादवले नेपालको संविधानमा कुनै पनि नागरिकलाई नागरिकताबाट बंचित गरिने छैन भनि लेखिएता पनि नेपाली नागरिकका सन्तानहरुलाई नागरिकताबाट वंचित गर्ने प्रपंच गरिए मधेसी जनताले आन्दोनलको आँधीबहेरी ल्याउने चेतावनीसमेत उहाँले दिएका छन् । राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएर आफै माथि ठूलो प्रश्न उब्जाएको भन्दै अध्यक्ष यादवले अधिकारको लागि सडकदेखि सदनसम्म तताउँन थालेका उहाँले बताउँनुभयो । अध्यक्ष यादवले ओली सरकारले यही व्यहोराको अध्यादेश ल्याउदा तत्कालै प्रमाणीकरण गरेको राष्ट्रपतिले संसदबाट पास विधेयक फिर्ता गर्नुले उहाँ मुलुकको राष्ट्रपति हो की एमालेको कार्यकर्ता भनि प्रश्न उब्जिएको आरोप लगाउँनुभयो । नागरिकताविहीन नेपाली नागरिकका लाखौ सन्तानहरुलाई नागरिकता उपलब्ध गराउने उद्देश्यले ल्याइएको विधेयक फिर्ता हुनुले मुलुकमा ठूलो षड्यन्त्र भएको बताउँनुभयो । संघीय संसदबाट साउन १५ मा पारित भएर विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपति कार्यालय पुगेको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्नुपर्ने भन्दै आइतबार फिर्ता पठाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤